उतरकोरियाको सैन्य विकास कार्यक्रमको जापान र युरोपेली संघद्वारा निन्दा

जापान। जापान तथा युरोपेलीसंघले उत्तर कोरियामा मानव अधिकारको उल्लघंकन हुनुको मुख्य कारण उत्तरकोरियाको ठुलो सैन्य खर्च रहेको बताएका छन् ।

जापान तथा युरोपेलीसंघ आउने साता संयुक्त राष्ट्रसंघमा एक प्रस्तावको मस्यौदा पेश गर्ने तयारीमा रहेका छन । सो प्रस्तावमा उत्तर कोरियामा मानव अधिकारको मुद्दामा सुधार गर्न आह्वान गरिएको छ ।

सो मस्यौदा उत्तर कोरियाको कयौं परमाणु परिक्षण तथा ब्लास्टिक मिसाइल प्रक्षेपणमा केन्द्रित रहेको छ । उक्त मस्यौदमा उत्तर कोरिया सरकारको परमाणु तथा मिसाईल विकास कार्यक्रम प्रति गम्भिर चिन्ता प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?