पिपुल्स च्वाईस अवार्ड जितेकी लेखीलाई म नेपाली ग्रुप जापानद्वारा सम्मान

टोकियो । महिलाहरुको समूह म नेपाली ग्रुप जापानले मिस इन्टरनेश्नल २०१६ का लागि जापान आईपुगेकी वर्षा लेखीलाई सम्मान गरेको छ ।

ग्रुपले नेपालको प्रतिनिधित्व गर्दै जापान आई ७९ देश बीचको प्रतिस्पर्धामा मिस्सोसोलोजी पिपुल्स च्वाईस अवार्ड समेत जितेकी लेखीलाई शिन ओकुवो स्थित बाराकाँडे रेष्टुरेन्टको सभा हलमा सम्मान गरिएको हो ।

सोहि क्रममा लेखीले जापानवासी महिलाहरुको प्रतिनिधित्व गर्ने ग्रुपले सम्मान गरेकोमा खुसी व्यक्त गर्नुका साथै पिपुल्स च्वाईस अवार्डका लागि भोट गर्ने जापानवासी नेपालीलाई स्मरण गर्दै कृतज्ञता प्रकट गरिन् ।

त्यसै गरी नेपालबाट महिलाहरुको प्रतिनिधित्व गर्दै मिस इन्टरनेश्नल जस्तो महत्वपूर्ण कार्यक्रममा भाग लिन आईपुग्नु नै जापानवासी नेपालीका लागि खुसी र गौरवको विषय भएकोले सम्मान गर्न पाउँदा आफू खुसी भएको स्मृति संयोजक आचार्यले बताईन् ।

सो सम्मान कार्यक्रममा म नेपाली ग्रुपकी संयोजक आचार्य, जनसम्पर्क समिति जापानका महामन्त्री राम जंग कार्की, डिजे जोन छन्त्याल, जापान मनी एक्सप्रेसका राजन श्रेष्ठ, सुर्य कर्पोरेशन जापानका अध्यक्ष बाशुदेव लामिछाने, बाराकाँडे रेष्टुरेन्टका संचालक कुमार कार्की, मिडिया म्यासेजका अध्यक्ष/प्रकाशक रविन्द्र गोर्खाली, एभिन्यूज टेलिभिजन जापान व्यूरो प्रमुख उत्तम गौडेल लगायत प्रमुख व्यक्तिहरुको उपस्थित रहेको थियो ।

मिस नेपाल इन्टरनेश्नल २०१६ जितेकी लेखीले मिस इन्टरनेश्नलको लागि भाग लिने अवसर पाएकी हुन् ।

यहि अक्टोवर २७ तारिख विहिवार सम्पन्न ‘मिस इन्टरनेश्नल २०१६’ को विजेता फिलिपिन्सको काईली मर्सिजोताले भईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?