जापान। दक्षिण चीन सागरको मुद्दामा जापान तथा फिलिपिन्सका नेताहरुले सहयोग गर्ने सहमती जनाएका छन । प्रधानमन्त्री सिन्जु आबेले भ्रमणका क्रममा जापान आएका फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेलाई आर्थिक तथा सुरुक्षा सम्बन्धी क्षेत्रमा फिलिपिन्स र जापान बिचको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका छन ।

जवाफमा दुर्तेले चिनले दक्षिण चीन सागरमा आफ्नो उपस्थिती बढाइरहेको अवस्थामा यस संग सम्बन्धित मुद्दाको कानुन मार्फत शान्तिपूर्ण समाधान निकाल्न जापानलाई आफ्नो सहयोग रहने बताएका थिए।
राष्ट्रपति भए पश्चात दुर्तेको यो पहिलो जापान भ्रमण हो । प्रधानमन्त्री आवेले उनको स्वागतको आफ्नो आधिकारीक आवासमा गरेका थिए । आवे र दुर्तेबिच बेलुका ६ बजे बाट वार्ता शुरु भएको थियो ।
आवेले दुइ देशको राजनितीक सम्बन्ध सामान्यजनक भएको साठी बर्ष पुरा भएको बताएका छन । उनले दुर्तेको यस भ्रमण पश्चात दुई देशको सम्बन्ध झन प्रगाढ र बलियो बनाउने चाहेको बताएका छन ।
उनले दुई देश विचको आर्थिक तथा सुरक्षा सम्बन्धी विषयमा विशेष ध्यान दिनुपर्ने बताएका छन । दुवै देशका नेताहरुले आफ्नो वैठक पश्चात एक संयुक्त समाचार सम्मेलन आयोेजना गरेका थिए ।
जहाँ आवेले जापानले फिलिपिन्सको सामुन्द्रिक तट रक्षक बलको क्षमतामा सुधार ल्याउनको लागि फिलिपिन्सलाई ठुला २ ओटा गश्ति जहाज प्रदान गर्ने जानकारी गराएका छन । साथै आवेले फिलिपिन्सको विभिन्न क्षेत्रको विकासको लागि जापानी यान ऋण स्वरुप दिने घोषणा गरेका छन ।