तिहारमा ग्राहकका लागि ओटेल फ्रि तथा ओटेल इन्टरनेशनलले ल्यायो स्पेशल अफर

जापान । ओशन टेक्नोलोजीले आफ्ना ग्राहकहरु मागलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय स्तरको फोनकल एप्लिकेशन ओटेल फ्रि तथा ओटेल इन्टरनेशनलमा विशेष अफर दिने भएको छ ।

यस अन्तर्गत विश्वको जुनसुकै देशमा मोबाइल ब्यालेन्स्ट्रान्सफर तथा एसएमएस गर्न मिल्ने ओटेल फ्रि एप्लिकेशन बाट भाइटिकाको दिन अर्थात आउँदो नोभेम्बर १ गते नेपालमा गरिने सम्पूर्ण कलहरुमा ५०% छुट दिने भएको हो ।

यसर्थ उक्त दिन अमेरिकी ०.०४ डलरमा एक मिनेट नेपालमा फोन गर्न सकिने भएको छ ।त्यसरी हेर्दा ४.१६  जापानी येन प्रति मिनेट देखि नेपालमा कल गर्न सकिन्छ ।

यो छुट ओटेल फ्रि को प्रिमियम तथा स्टान्डर्ड दुबै सेवामा उपलब्ध हुनेछ । ओटेल फ्री बाट स्टान्डर्ड (सस्तो) कल गर्नकोलागी फोन नम्बरको अगाडी +०१० डायल गर्नुपर्छ भने ओटेल फ्री बाट नेपाल एसएमएस लगभग ६ येन लाग्ने ओटेलले बताएको छ  ।

त्यसैगरी, ओटेल इन्टरनेशनल प्रयोग गरी भाईटीकाको दिन नेपालमा फोन गर्दा ग्राहकहरुले २५% छुट पाउने पनि ओटेलले जनाएको छ । यसबाहेक दशैं तथा तिहारको अवसरमा आएको दशैं-तिहार स्पेशल अफर नोभेम्बर १ सम्म  यथावतै रहेको जानकारी ओटेलले विज्ञप्ति मार्फत जानकारी गराएको छ  ।

आफ्ना नयाँ अफर र थप सुविधाहरुको बारेमा बुझ्न ओटेलको वेभसाईट www.otel.co.jp  र अफिसियल फेसबुक पेज ww.facebook.com/otel.co.jp मा जान सकिने कम्पनिले बताएको छ ।

साथै तिहारको अवसरमा नेपालमा हुनु भएका आफ्ना दाजुभाइ तथा दिदिबहिनीहरु लाई www.otelmarket.jp बाट

सजिलै सँग बिभिन्न उपहारहरु पनि पठाउन सकिने पनि ओटेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?