
टोकियो । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा अवसरमा पाल्पा समाज जापानले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम २०७३ आयोजना गर्ने भएको छ ।
जापानमा रहेका पाल्पालीहरुलाई समाजमा गोलवन्द गर्ने उदेश्यले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
पाल्पा देखि विभिन्न पेशा व्यवसाय, अध्ययन लगायत विविध भिसामा जापानमा आई संगठित समाजले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम अक्टोबर २७ तारिख विहिवार बाराकाडे रेष्टुरेन्टमा ४ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।