टोक्यो र क्योटो विश्वकै उत्कृष्ठ सहर

जापान । टोक्यो र .क्योटो अमेरिका पछिको संसारको सबैभन्दा राम्रो सहरमा गनिएको छ । अमेरिकाको ट्राभल पत्रिका कोन्डे नास्ट ट्राभलरले मंगलवार त्यो जानकारी दिएको हो । 

सन् २०१६ का लागि एक लाख भन्दा बढी मानिसहरुको विचमा गरेको सर्वेक्षणमा सो पत्रिका अध्ययन गर्नेहरुले जापानी सहरहरुलाई मन पराएका हुन् ।

जापानका यी दुई सहरहरु अघिल्लो वर्ष संसारको राम्रा सहरहरुमा १५ औं र १९ औं स्थानमा परेको जापानको राष्ट्रिय पर्यटन विभागले जनाएको छ ।

त्यस्तै इटालीको फ्लोरेन्स तेस्रो राम्रो सहरमा छानिएको छ ।

सो पत्रिकाले टोक्योलाई राम्रो सहर घोषणा गर्नुका पछाडीका कारणहरु खुलाउंदै टोक्योका स्काईक्रापर, एतिहासिक मन्दिर र तिर्थस्थलहरु र विश्वको उत्कृष्ट खानाको केन्द्र भएको तथ्यहरु पेश गरेको थियो ।

त्यस्तै क्योटोलाई विश्वको सबैभन्दा सुरक्षित र पुरातन तथा सिजन अनुसार खानपिन परिवर्तन गरिरहने बहुआयामिक सहरको रुपमा परिभाषित गरेको छ।

त्यस्तै सर्वेक्षणमा टोक्योको मानडारिन ओरियन्टल होटललाई उत्तरी एशियाको उत्कृष्ट होटलको रुपमा चयन भएको छ ।

सो ट्राभल पत्रिकाको ३ लाख भन्दा बढी पाठकहरुले आफ्ना आवाज, चिठीहरु इन्टरनेट मार्फत पठाएर विश्वका उत्कृष्ठ स्थान, सहर र पर्यटक स्थलहरु पछिल्ला २९ वर्ष देखि सो पत्रिकाले गर्दै आएको छ ।

ट्राभलर पत्रिकाको यो घोषणा संगै यस वर्ष जापानमा २ करोड पर्यटक आउने सरकारी आंकडा रहेको छ ।

त्यस्तै  सन् २०२० मा टोक्योमा ओलम्पिक खेलकुद आयोजना गरिएको हुँदा पनि त्यो संख्या बढेर ४ करोड पुग्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?