जापान ।अन्तराष्ट्रिय ओलम्पिक कमिटिका (आईओसी)अध्यक्ष थोमस वाचले सन् २०२० मा टोक्योमा हुने ओलम्पिक खेलमा लाग्न सक्ने खर्च कम गराउन टोक्योका अधिकारीहरु संग मिलेर काम गर्न चाहेको बताएका छन् ।

जापानमा आयोजना हुने ओलम्पिक खेलका आयोजक कमिटि र गभर्नरमा हालसालै चुनिएकी कोईकिको विचमा ओलम्पिक खेलको रकम घटाउने विषयमा बढ्दै गएको विवादको विचमा वाच जापान आई पुगेका छन् ।
ओलम्पिक खर्चको विवादको विषयमा वाचले मिडियाको रिपोर्ट हेरेर जानकारी लिएको समेत बताएका छन् ।
टोक्यो महानगरीय सरकारले आन्तरिक अध्ययन गरिसकेपछि हामीले अन्य स्टेक होल्डरहरु संग पनि छलफल गर्नेछौ र मिडियामा आएको भन्दा धेरै मात्रामा ओलम्पिक खेल आयोजनाको रकम घट्ने कुरामा आफु विश्वस्त रहेको वाचले बताएका छन् ।
टोक्यो गभर्नर कोईकी संगको ४० मिनेट लामो छलफल पछी वाचले सो कुरा बताएका हुन् ।
गभर्नरमा निर्वाचित भएको केहि दिनमा नै ओलम्पिक खेलकुद आयोजनाको लागत मूल्य घटाउने कोईकीले घोषणा गरेकी थिईन् ।