तिहारको अवसरमा भण्डारीले बजारमा ल्याए ‘बहिनी’ बोलको गीत  

टोकियो । दशैं तिहारको समय पारेर गायक विनोद भण्डारीले ‘बहिनी’ बोलको गीत बजारमा ल्याएका छन् ।

शिव अकहेलीको शब्द र एकनारायण भण्डारीको संगीतमा भण्डारीले दिदीबहिनी र भाईटिकालाई आधार बनाएर सुमधुर गीत गाएका छन् ।

नेपाली समाजमा विदेशिने नेपाली युवाहरु र उनीहरुका दिदीबहिनीको घनिष्ट सम्बन्धको यथार्थतालाई आधार बनाएर गुराँस फिल्म जापानको सहयोगमा भण्डारीले गीतलाई निर्देशन समेत गरेका छन्।

गीतमा मोडल द्वय बिनोद भण्डारी, कृष्ण भण्डारी, भिम क्षेत्री र जमुना क्षेत्रीको सानदार अभिनय रहेको छ ।

छोटो समयमा युट्युबमा चर्चा बटुलेको यो गीती भिडियोलाई क्यामेराम्यान विष्णु सुवेदी निसानले खिचेका हुन् । यो गीति भिडियो जापानमा छायांकन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?