जापान । उत्तर कोरिया द्वारा अपहृत एक जापानी महिलाले अन्य अपहृतहरुलाई घर फिर्ता बोलाउन नयाँ सिराबाट प्रयास गर्न आह्वान गरेकी छिन् ।

हितोमि सोगा 4 अन्य अपहृत संगै अक्टोवर 2002 मा जापानमा फर्केर आएकी थिईन् । उनी 24 वर्ष देखि उत्तर कोरियामा बन्दी जीवन विताईरहेकी थिईन् । जापान र उत्तर कोरिया बीच भएको एक शिखर बैठक पछि उनलाई स्वदेश फिर्ता ल्याउन सम्भव भएको थियो ।
सोगा संगै उनको आमा मियोशिलाई पनि अपहरण गरिएको थियो जसको अहिलेसम्म केहि अत्तोपत्तो छैन ।
सोगाले आईतवार नीगाता क्षेत्रको सादो द्वीप स्थित आफ्नो गृहनगरमा आफ्ना मागमा समर्थन जनाउन सर्वसाधरणलाई हस्ताक्षर गर्न अनुरोध गरेकी थिईन् ।