जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाएपछि प्रधानमन्त्री आवे उत्साहित

जापान । जापानी वैज्ञानिकले चिकित्साशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्दा आफु गौरवान्वित भएको जापानी प्रधानमन्त्री सिन्जु आवेले बताएका छन् । 

जापानी वैज्ञानिक तथा टोक्यो विश्वविद्यालयका प्रोफेसर योशिनोरी ओशुमीले गरेको अनुसन्धानका कारण उपचार हुन नसक्ने भनिएको रोगका विरामीहरुलाई केहि आशावादी बनाएको भन्दै आवेले खुसि व्यक्त गरेका हुन् ।

ओशीमोको सफलताले जापानका युवा अनुसन्धानकर्ताहरुमा उत्साह थपिदिएको भन्दै जापानका अनुसन्धानकर्ताहरुलाई विश्वको वैज्ञानिक खोज अनुसन्धानमा नेतृत्व गरेको भन्दै आवेले बधाई तथा धन्यवाद समेत दिएका छन् ।

जापान सरकारले खोज अनुसन्धानको क्षेत्रमा वृहत सहयोग गर्ने प्रतिबद्दता पनि आवेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?