माओबादी नेताहरू अधिवेशनकाे लागि जापान अाउने

mao-aketaकाठमाडाैं। तत्कालिन एमाओबादी, नेकपा  माओबादी (बादल पक्षधर) लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा उत्साह थपिएसंगै मातहतका भ्रातृसंगठनहरु बीच  एकता भेला  भईरहेकाे  छ ।

यसैबीच जापानमा रहेको माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको यहि सेप्टेम्बर १९ तारिखमा टोकियोमा एकता अधिबेशन हुने भएको छ ।

उक्त अधिबेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु जापान आउने भएका छन् ।

जसअनुसार केन्द्रिय कार्यालयका सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल तथा पोलिटब्यूरो सदस्य युवराज चौंलागाई जापान आउने मोर्चा स्रोतले जनाएको जनाएकाे छ ।

अधिबेशन सेप्टेम्बर १९ तारिखमा टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा बिहान १० बजे देखि हुने बताईएको छ । अधिवेशनको घोषणा समारोहमा भने नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसंग जापानबासी नेपालीहरुले खुल्ला अन्तर्क्रिया गर्ने कार्यक्रम रहेकाे छ ।

साे कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ ।

यसअघि मोर्चाले टोकियो, नागोया, गुन्मा, तोचिगी लगायतका क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको छ । जापान ब्यापी संगठन विस्तार प्रकृया जारी रहेकाे माेर्चाले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?