जापान । अध्ययनको सिलसिलामा जापानमा पुगेका रमेश तामाङको असामहिक निधन भएपछी जापानमा रहेका नेपालीहरुले मृत्यु भएका तामाङको परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
जापानमा संकलन भएको रकम तामाङ युथ सोसाईटीले अखिल तामाङलाई हस्तान्तरण गरेको छ । अखिल तामाङ क्लवका सदस्य हुन् ।
सेप्टेम्बर १७ तारिखमा नक्साल क्लव द्वारा विशेष कार्यक्रमको आयोजना गरि रमेशको परिवारलाई अखिल तामाङले सो रकम हस्तान्तरण गर्ने जनाईएको छ ।
कार्यक्रममा मृतकको परिवारलाई केहि आर्थिक सहयोग पनि गरिने तामाङ युवा क्लवले जानकारी दिएको छ ।
मृतक परिवारलाई केहि राहत र सान्त्वना मिलोस भन्ने हेतुले सहयोग गर्न खोजिएको क्लवले बताएको छ ।