जापान । जापान नेपाली एकता समाज केन्द्रीय समितीको आयोजनामा सेप्टेम्बर १ तारिखमा ओशाका शहरमा तीज विशेष कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
तीज कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तराष्ट्रिय नेपाली एकता समाजका सदस्य भिम केसी उपस्थिती रहेको थियो भने समाजका अध्यक्ष यमलाल सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
समाजका सचिव तुफान के.सी. द्वारा संचालित सो कार्यक्रममा जापान नेपाली एकता समाज टोक्यो क्षेत्रीय समितीका अध्यक्ष विष्णु के. सी ,एनआरएन आईसिसि सदस्य तुलसीराम खरेल, गैरे समाजका पूर्व अध्यक्ष आत्मराम गैरे, गैरे समाजका उपाध्यक्ष दिलीप गैरे, बिहुंकोट समाजका अध्यक्ष मणि सुवेदी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तीज पर्वको महत्व, जापान नेपाली समाजको बारेमा र विविध समसामयिक बिषयमा अतिथिहरूले सारगर्भित मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित सयौं साथिहरूको माझमा तीज विषेश गित र नाच प्रस्तुत गरिएको थियो भने रक्तिम परिवारका कलाकारहरुले नौमती बाजामा गित र नाच प्रस्तुत गर्दै सानदार रूपमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालको राष्ट्रिय गित गाएर अतिथिहरुले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए ।






