‘प्रबिधि र मायाको साझेदारी’

 मृदु श्री 
मञ्जुजापान ।  यदि नजिक हुदैमा कोही पूर्ण हुन्थ्यो भने नदीसंगैका बगर सुख्खा र उराठ लाग्दा हुदैन थिए हाेलान । टाढा हुँदैमा माया हुँदैन थियो भने पनि नदीका दुई किनार एक अर्कालाई नभेटेर  पनि साथ किन हुन्थे र ?
माया मनदेखि हुनु पर्छ र विश्वास हरदम त्यसैको उपज त हुन् फरक दिशाबाट बगेर दोभानमा भेटि एक भएका नदी झैं । समय अनुसार मायाको मूल्य घट्ने बढ्ने भन्ने पक्कै हैन ।
प्रविधिले निथ्रुक्क रुझाई सकेको हाम्रो समाजमा मायालाई फेसनको रुपमा हेरियो त्यो हाम्रो सोचको उपज हो नकि प्रविधिको प्रतिफल । तर प्रविधिले त हामिलाई माया गर्न सहज गरिदिएको छ झन  यसले  त कोसौं टाढा रहेका मायालुसंग प्रेमिल सन्देश प्रवाह गर्न अग्रणी भुमिका खेलेकाे छ । ।
ऊ बेला एउटा चिठ्ठीको सहारामा आफ्ना मुग्लानी पतिलाई कुरेर बस्ने पत्निलाई कति गाह्रो थियो होला तर माया गरि रहिन् । पत्निले छिमेकीसंग लेखाई मागेर पठाएको केही पत्र पढ्दै मुस्कुराउदै बस्ने परदेशीको मनले एक्ली पत्नि माथि गरेको विश्वास पनि त सराहनिय थियो नि ।
प्रविधिले छलागं त मार्यो तर हाम्रो पुरातन सोचले छलागं मार्न निकै कठिन छ  । पढे लेखेकाहरु नै खुलेआम प्रेम गर्ने जोडीलाई सदाका लागिअपराधी मानि दिन्छन अनि जात पात, धनि-गरिबको पर्खाल खडा गरेर छुटाई दिन्छन  ।
अझै पनि एउटा केटी बाबाको चित्त दुख्ला समाजले के भन्ला भनेर प्रेम अभिव्यक्त गर्न सक्दिन  । त्यति मात्र कहा हो र मान्छे मारेर फरार अपराधी प्रहरीको फन्दामा कहिल्यै पर्दैन तर प्रेमिल जोडीलाई जेलको चिसोसमेत सहनु पर्छ ।
प्रविधिको दुरुपयोग हैन उपयोग गर्न सके अमर मायाको इतिहास फेरिने पक्कै छ । पहिले एउटा चिट्ठी मन परेको मान्छेसम्म पुर्याउन कति कठिन थियो कसैका मार्फत पठाउदा पाउनु पर्ने व्यक्तिले पाउदैन थियो  र कति माया ओइलाउथे नफुल्दै  ।
अहिले कति सहज छ प्रेम अभिव्यक्त गर्न सामाजिक सन्जाल धेरै छन् प्रत्यक्ष भन्न असहज लागे सन्देश लेख्यो पठायो मनको कुरा मायाले तुरुन्तै थाहा पाइहाल्छन् । प्रविधिको उपयोग गरौं दुरुपयोग हैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?