बेलायतको प्रसिद्द डिजिटल कम्पनि एआरएमलाई जापानको सफ्टबैंकले किन्यो

warren-east-n-bigजापान । बेलायतको प्रसिद्द डिजिटल कम्पनि एआरमलाई जापानको सफ्टबैंकले ३२ बिलियन डलरमा खरिद गरेको छ । एमआरएम कम्पनीले शुक्रवार आफ्ना सेयरहोल्डरहरुलाई ५० प्रतिशत रकम चुक्ता गर्दै बन्द बजार मूल्य १६.८ बिलियन पाउण्डमा सेयर स्वीकार गर्न अनुरोध गरेको थियो ।arm
क्याम्ब्रिजमा रहेको सो कम्पनी बेलायतको प्रविधिको बहुमुल्य गहनाको रुपमा लिईन्छ । यो कम्पनिले गर्ने माईक्रोचिप डिजाईन आईफोन लगायत विभिन्न इलोक्ट्रोनिक सामानहरुमा पनि गरिएको छ ।softbank
जापानको सफ्टब्यांकले एआरएमलाई खरिद गरे लगत्तै भनेको छ “हामीले एआरएमले गर्दै आएको माईक्रोचिपलाई घरायासी र व्यावसायमा प्रयोग हुने सामानहरुमा अत्याधिक उपयोग हुने गरि अघि बढ्नेछौ । “

आर्थिक विश्लेषकहरुले बताए अनुसार जापानको सफ्टव्यांकले एआरएमको कार्य क्षमतालाई आगामी पाँच वर्षमा दोब्बर बनाउने विश्लेषण गरेका छन् ।
बेलायतमा एआरएम सन् १९९० मा स्थापना भएको विश्वप्रसिद्द डिजिटल कम्पनि हो । जहाँ तीन हजार भन्दा बढीले काम गर्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?