जापानका प्रधानमन्त्री आवेको आर्थिक नीतिलाई ५० प्रतिशतले मन पराएनन्

जापान।जापानमा पछिल्लो आईतवार भएको माथिल्लो सदनको निर्वाचन पछि अधिकांस मानिसहरुले प्रधानमन्त्री सिन्जु आवेको क्याविनेटलाई नै समर्थन गर्ने भएका छन् ।

तर उनीहरु आवेको आर्थिक नीतिलाई त्यति भरपर्दो नमानेको क्युड़ो न्युजले गरेको सर्वेक्षणले देखाएको छ ।

shinju-abe

सोमबार र मंगलवार गरि दुई दिन क्युड़ोले टेलिफोन मार्फत गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत जनमत आवेको आर्थिक नीतिको पक्षमा देखिएको थियो । आवेको आर्थिक नीतिले जापानको आर्थिक अवस्थामा झनै सुधार आउने उनीहरुको विश्वास रहेको छ ।

मे महिनामा आवे नेतृत्वको क्याविनेटको पक्ष विपक्षमा गरिएको सर्वेक्षणमा ५५.३ प्रतिशत मत पक्षमा प्राप्त भएको थियो भने अहिले त्यसमा ०.३ प्रतिशत घटेर ५३ प्रतिशत मत आवेको समर्थनमा देखिएको हो । आवेको क्याविनेटलाई मन नपराउने जनमत ३३ प्रतिशत बाट बढेर ३४.७ मा पुगेको थियो ।

त्यस्तै ४८.९ प्रतिशत प्रतिवादीहरुले आवे नेतृत्वको प्रशासन मार्फत संविधान पुनर्लेखन नचाहेको समेत सर्वेक्षणले देखाएको छ । जबकी सर्वेक्षण अनुसार ३५.८ प्रतिशतले आवेकै नेतृत्वमा संविधान पुनर्लेखन चाहेको देखिएको छ ।

त्यो तथ्य संगै संविधान पुनर्लेखन गर्नका लागि जापानको माथिल्लो सदनमा आवेको गठबन्धनले दुई तिहाई मत हासिल गरिसकेको छ ।
माथिल्लो सदनमा उपस्थित २४.२ प्रतिशत सदस्यले सहज तरिकाले सविधान पुनर्लेखन हुने जनाएका छन् भने २८.४ प्रतिशत सदस्यहरुले संविधान पुनर्लेखन नराम्रो हुने बताएका छन् ।

माथिल्लो सदनमा ४६ प्रतिशत सदस्यहरुले आफुहरु तठस्थ बस्ने बताएका छन् । माथिल्लो सदनमा प्राप्त भएको दुई तिहाई बहुमतले संविधान पुनर्लेखनको मुद्दालाई राष्ट्रिय जनमत संग्रहको रुपमा प्रस्ताव गर्नेछ ।

त्यस विषयका प्रतिवादीहरु मध्य ५९.६ प्रतिशतले महत्वपूर्ण राष्ट्रिय सवालमा जनमत संग्रह गर्दा नै विश्वसनीय हुने बताएका छन् ।सन् २०१९ सम्ममा कर खपत गर्ने योजनाबारे प्रधानमन्त्री आवेको निर्णयलाई ५२ प्रतिशतले स्वीकार गरेका छन् भने ४३.८ प्रतिशतले अस्वि कार गरिसकेको जनाईएको छ ।

मतदानमा सिन्जु आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टीले ४३.९ प्रतिशत मत प्राप्त गरेको छ जुन मत पछिल्लो मे महिनामा भन्दा कम हो ।मे महिनामा आवेको पार्टीले ४४.४ प्रतिशत मत प्राप्त गरेको थियो ।त्यही मतदानमा प्रतिपक्षी डेमोक्रेटिक पार्टीले ११ प्रतिशत मत हासिल गरेको थियो जवकी अहिले प्राप्त गरेको मत पहिलेको तुलनामा धेरै हो ।

यस भन्दा अघि प्रतिपक्षी डेमोक्रेटिक पार्टीले ८.७ प्रतिशत मत प्राप्त गरेको थियो ।लिवरल डेमोक्रेटिक पार्टीलाई उसको साझेदार दल कोमितोको ५.१ प्रतिशत मत सहयोग जुटेको थियो ।
टेलिफोन मार्फत मतदानमा सहभागी हुन पाउने मतदाताहरुलाई फोन गरेर उनीहरुको विचार सुनिएको थियो । समाचार एजेन्सी क्युड़ोले व्यक्तिगत रुपमै फोन गरेर १०११ जना संग पक्ष वा विपक्ष प्रतिको अभिमत लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?