जापानी प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव

Shinzo_Abe

टोकियो । जापानका चार प्रमुख विपक्षी दलले प्रधानमन्त्री सिन्जो अबेका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका छन् ।

ती दलले पछिल्लो समयमा जापानी प्रधानमन्त्री एवम् सत्तारुढ दलले कर बृद्धिका विषयमा असहमति व्यक्त गर्दै आएका थिए ।

सोही कारण देखाएर ती विपक्षी दलहरुले जापानी सरकारसँग विश्वास नरहेको भनी अविश्वासको मत संसदमा दर्ता गराएका छन् ।
साथै ती विपक्षी दलहरुले यो सरकारप्रति विश्वास नरहेको भन्दै राजिनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजिनामाको माग आफूहरुको पहिलो माग हो भनेका छन् ।

जापानको डेमोक्र्याटिक पार्टी, कम्युनिष्ट पार्टी, सोसियल डेमोक्र्याटिक पार्टी र पिपुल्स लाइफ पार्टीले प्रधानमन्त्रीका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका छन् ।

विपक्षीहरुले उपभोक्ता कर लगाउन सरकार दोस्रो पटक असफल भएको भन्दै यसका कारण आफूहरु सरकारको विकल्प खोज्न बाध्य भएको विपक्षी दलहरुले जनाएका छन् ।

ती दलले प्रधानमन्त्री अबे अर्थतन्त्रको विकासमा असफल भएको र यसअघि उहाँले अघि सार्नुभएको अबेनोमिक्समा पनि असफल भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री अबेले सो शुल्क बृद्धिको आफ्नो विगतदेखि नै अघि सारेको नीति तत्काल लागू गर्न नसकेर पछि सार्दै लानुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?