जनसम्पर्क समितिको उपसभापति छाडेर एनआरएनए कान्तो समितिको संयोजकमा खत्रीद्वारा उम्मेद्बारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ जापानको अधिवेशनको पुर्व सन्ध्यामा गरिने क्षेत्रिय अधिवेशनको तयारी तिब्र रुपमा अघि बढीरहेको छ ।

यसै क्रममा कान्तो कमिटी छैटौ अधिवेशनको तयारीमा जुटिरहेको छ।यस अवस्थामा कान्तो समितिमा रही काम गरिरहेका दिपेश खत्रीले संयोजक पदमा उम्मेद्बारी घोषणा गरेका छन् ।

वर्तमान कान्तो कमिटीको सह-सचिब पदमा रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै सामाजिक गतिविधिमा सक्रिय खत्री आगामी कार्यकालका लागि संयोजक पदमा उम्मेद्बारी घोषणा गरेका छन्।

हाल जनसम्पर्क समिति जापान कान्तो समितिको उपसभापति समेत रहेका खत्री एनआरएनए अभियानमा सक्रिय हुने उदेश्यले उपसभापतिबाट हट्ने बताएका छन् ।

करिव ११ बर्ष अघि जापान प्रवेश गरेका खत्री गल्कोट समाज जापान, गल्कोट स्पोर्टस् क्लव टोकियो जापान, तथा नेपाल भलिवल संघ जापानको कार्यवाहक अध्यक्ष लगायतमा आवद्व रही कुशल कार्य प्रदर्शन समेत गरिसकेका छन् ।

कान्तो कमिटीको अधिवेशन टोकियोमा जुलाई २० तारिखका दिन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्