चन्द्रमापछि भारत सूर्यको अध्ययनमा, पठायो आदित्य-L1 यान

चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान सफलतापूर्वक अवतरण गराएको भारत सूर्यको अध्ययनमा केन्द्रित हुने भएको छ ।

भारतले सूर्यको अनुसन्धानका लागि पहिलो अन्तरिक्ष अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट आदित्य-L1 बोकेको रकेट प्रक्षेपण गरिएको हो ।

भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यानले रकेटबाट छुट्छिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ।

सूर्य मिसन भए तापनि अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन।

आदित्य-L1 पुग्नुपर्ने दुरी पृथ्वीबाट १५ ला樂威壯 ख किलोमिटर छ । जुन पृथ्वी र चन्द्रमा बीचको दुरीको चार गुणा हो।

तर त्यो दुरी सूर्य र पृथ्वीबीचको दुरीको झण्डै एक प्रतिशत मात्र हो । पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ ।

मिसनको सफल प्रक्षेपणपछि वैज्ञानिकहरूलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान-३ को सफलतापछि भारतको अन्तरिक्ष यात्रा जारी रहेको भन्दै भारतको पहिलो सूर्य मिसन आदित्य-L1 को सफल प्रक्षेपणका लागि इसरोका वैज्ञानिक तथा इन्जिनियरहरूलाई बधाई दिएका छन् ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्ने बताइएको छ।

सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ । जुन पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ् विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् ।

भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्न चार महिना लाग्ने जनाएको छ।

सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने स्थानमा अन्तरिक्षयान बस्ने विश्वास गरिएको छ ।

नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक साताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ । सो यान सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?