विष्णु तिवारी ।
जन्मदर्ता प्रमाण पत्र
सबैभन्दा पहिला बच्चा जन्मेपछि १४ दिनभित्र बच्चाको नाम सिटी अफिसमा दर्ता गर्नुपर्ने हुन्छ यो प्रक्रियालाई ‘जन्मदर्ता प्रमाणपत्र’(しゅっせいとどけ) भनिन्छ। दर्ताका लागि अस्पतालले दिने बच्चा जन्मिएको प्रमाणपत्र बुझाउनु पर्छ र जन्मदर्ता सकिएपछि इमिग्रेसनमा भिजा प्रक्रियाका लागि जानुपर्ने हुन्छ।
जाईर्यु कार्ड (भिजा) प्राप्त गर्ने प्रक्रिया
इमिग्रेसनमा बच्चा जन्मेको ३० दिन भित्र जाईर्यु कार्ड (भिजा) आवेदन दिइसक्नु पर्ने हुन्छ भने ६० दिन भित्रमा भिजा लिइसक्नु पर्ने हुन्छ। यदि ३० दिनभित्रमा आवेदन र ६० दिनभित्रमा भिजा नलिएमा बच्चा ओभरस्टे हुने र पछि विभिन्न भिजाको झन्झट सामना गर्नुपर्ने हुन्छ।
अध्यागमनको आवेदन सही समयमा दिई बच्चा ओभरस्टे हुनबाट सावधान रहनुपर्छ ।
बच्चाको एईज्यु भिजा निवेदनका लागि आवश्यक कागज पत्र
१.जन्मदर्ता प्रमाणपत्र वा जन्म दर्ता स्वीकृति प्रमाणपत्र (出生届記載事項証明書又は出生届受理証明書)
२.निवासी दर्ता प्रतिलिपि परिवारका सबै सदस्यहरूको जानकारी सहित 住民票の写し家族全員記載
३. बुबा आमाको पासपोर्ट जाइर्यु कार्डको प्रतिलिपि र ओरिजिनल
४.सिटी अफिसले जारी गरेको पछिल्ला १ वर्षको खाजेइ/नोजेइ प्रमाण–पत्र
५. र्योउखाइस्यो अर्थात् समझदारी पत्र
१ अक्टोबर, सन् २०२१ पछि एईज्यु आवेदनका बेलामा समझदारी पत्र बुझाउनु पर्ने भएको छ।
६. एईज्यु भिसा आवेदन फर्मसँगै एईज्यु आवेदनको कारण खुलाइएको कारण पत्र
७. नाता प्रमाण
८. पेसा प्रमाणित गर्ने कागजात ।
कम्पनीमा काम गर्ने भएमा रोजगार प्रमाणपत्र (जाईस्योकुस्योमेइस्यो) ।
व्यवसाय भएमा अन्तिम कर फिर्ता कागजको कपी (खाकुतेई सिनकोकु) र भएमा व्यवसायिक अनुमति पत्रको कपी (क्योंखास्यो)
९. काम गर्ने ठाउँको ब्याख्या पत्र, म्यानुअलहरू र उपयुक्त प्रमाणित गर्ने सामग्रीहरू
१०. कर कार्यालयले जारी गरेको ५ प्रकारको करको भुक्तानी प्रमाण–पत्र
(क) गेनसेनस्योतोकुजेई
(ख) सिनकोकुस्योतोकुजेई
(ग) स्योहिजेईलगायत चिहोऊ स्योहिजेई
(घ) उत्तराधिकार कर (स्योजोकुजेई)
(ङ) उपहार कर (सोयोऊजेइ)
११.आयको प्रमाण दिने बैंक पासबुकको प्रतिलिपि
१२.पछिल्लो १ वर्षको सार्वजनिक पेन्सन सम्बन्धी कागजात
१३. सामजिक बिमा (स्याखाईहोकेन)स्वास्थ्य बीमा/कल्याण पेन्सन बीमा शुल्कको भुक्तानी रसिद
१४.राष्ट्रिय स्वास्थ्य बीमा शुल्क (कर) भुक्तानी प्रमाण पत्र १ वर्षको
१५.पहिचान ग्यारेन्टी सम्बन्धी कागजात
पहिचान ग्यारेन्टी प्रमाणपत्र (मिमोतोहोस्योस्यो)
व्यक्तिगत ग्यारेन्टरको व्यक्तिगत परिचय स्पष्ट हुने कागजात सवारी चालक अनुमति पत्र, खाजेइ/नोजेइ प्रमाण–पत्र, जाइस्योकुस्योमेइस्योको फोटोकपी आदि
१६. स्पष्टीकरण पत्र
१७. निवेदन पत्र
१८. राहदानी
१९. आवासीय (जाइरियु) कार्ड
त्यसबाहेकका अरु
यो बाहेक पनि व्यक्तिको अवस्था हेरी थप कागज पत्र बुझाउनु पर्ने पनि हुनसक्छ । तर सामान्यतया यो माथिको कागजपत्रले भिजा आवेदनको प्रक्रिया सकिन्छ।
महत्त्वपूर्ण बिन्दु
बच्चाको स्थायी बसोबास (एज्यु ) भिसामा अभिभावकको व्यवहार र आम्दानीलाई ध्यानमा राखिने र यी आवश्यकताहरू पूरा नभएमा बच्चाको एज्यु अस्वीकृत हुनेछ। साथै, यदि एकदिन मात्र पनि आवेदन म्याद कटेमा एज्युको लागि आवेदन दिन पाइने छैन।
अचेल कडा नियमका कारण धेरै बच्चाहरूले एज्यु स्थायी निवास भिसा नपाउने पनि छन्। यदि एज्यु भिजा प्राप्त गर्न नसकेमा एज्युको हाईगुस्या अर्थात एज्युको आश्रित भिजा आवेदन गर्नुपर्ने हुन्छ अथवा अवस्था अनुसार तेइजयु भिजा पनि हुनसक्छ। यो एज्युको हाईगुस्या भिजा १ ,३ र ५ वर्षको हुनेगर्छ।
यदि तपाईंलाई स्थायी बसोबास (एईज्यु भिजाको) का सम्बन्धमा कुनै पनि जानकारी चाहिएमा मलाई तलको मेलमा लेख्न सक्नु हुन्छ। म समय अनुकुल जवाफ दिने प्रयास गर्नेछु। मेरो यो लेखले धेरै भन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीले एईज्यु भिजा बारेमा जानकारी लिई एईज्यु भिजा प्राप्त गर्न सफल हुनु हुनेछ भन्ने कामना गर्दछु।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”
यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l
