एइज्यु भिजा ३ वर्ष वा १ वर्षमै प्राप्त गर्न सकिन्छ ?

विष्णु तिवारी ।

जापानी, एइज्युस्याको पति/पत्नी बच्चाको एइज्यु बारेमा

एइज्यु प्राप्त गर्न जापानमा कम्तीमा पनि १० वर्ष बसोवास गर्नुपर्ने हुन्छ । त्यसमध्ये ५ वर्ष काम गर्ने भिसा अथवा जापानीको श्रीमान/श्रीमती, एइज्युस्याको श्रीमान/श्रीमती, तेइज्युस्या भिजा भएको हुनुपर्छ ।
एइज्युको (स्थायी बसोबास) आवेदन अपवादमा विशेष परिस्थिति र आवश्यकता अनुसार १० वर्षको जापान बसाई अवधि नभए पनि आवेदन दिन पाइने हुन्छ ।


जापानी नागरिक, एइज्युस्या, विशेष एइज्युस्यासँग विवाह गरेको व्यक्तिले विवाह गरेको कम्तीमा ३ वर्ष नाघेको र जापानमा कम्तीमा पनि १ वर्ष बसेको भए आवेदन दिन पाइन्छ ।


एइज्यु भिसाको आवश्यकताहरूको कानुन परिवर्तन हुँदै गइरहेको अनि कडा हुन थालेका कारणले आवेदनको योजना बनाउँदै गरेका परिवारले छिटो आवेदन दिएमा राम्रो परिमाण हुन सक्छ ।

पारिवारिक परिस्थितिको परिवर्तन, सवारी दुर्घटना वा यातायात नियम उल्लङ्घनमा पर्न सक्ने लगायतका कारणले आवेदन आवश्यकताहरू पूरा नहुने हुँदा छिटो आवेदन दिनु उचित हुन्छ ।

एइज्यु भिसाका फाइदाहरु

जापानी श्रीमान/श्रीमती, एइज्युस्या श्रीमान/श्रीमतीको मृत्यु, सम्बन्ध विच्छेद, श्रीमान श्रीमती छुट्टै बसे पनि भिजामा कुनै समस्या पर्दैन ।
प्रत्येक पटक भिजाको म्याद सकिएपछि भिजा अवधि थप्न आवश्यक नपर्ने भएकोले भिजा आवेदन रद्द हुन्छ कि भन्ने चिन्ता नहुने र जापान बसाई स्थिर र ढुक्कले बस्न सकिने ।
एइज्यु निवेदनका लागि आवश्यक कागज पत्र

१. व्यक्तिगत पहिचानको कागज पत्र
२. परिवार दर्ता रजिष्टर (कोसेकी तोहोन), जन्मदर्ता प्रमाण–पत्र, विवाह दर्ता प्रमाण–पत्र आदि
३. आवासीय प्रमाण–पत्र (ज्युमिनह्यो)
४. जीवनसाथीको हकमा सिटी अफिसले जारी गरेको पछिल्ला ३ वर्षको खाजेइ /नोजेइ प्रमाण–पत्र चाहिन्छ भने बच्चाको हकमा पछिल्लो १ वर्षको भए हुने ।
५. ग्यारेन्टी पत्र (Mimoto hoshōsho) सामान्यतया पति वा पत्नी द्वारा तयार गरिने ।
६. एइज्यु भिसा आवेदन फर्मसँगै एइज्यु आवेदनको कारण खुलाइएको कारण पत्र ।
७. विवाह भएको परिस्थितिको व्याख्या पत्र (आवश्यक पर्न सक्ने)
८.पेसा प्रमाणित गर्ने कागजात ।
कम्पनीमा काम गर्ने भएमा रोजगार प्रमाण–पत्र (जाइस्योकुस्योमेइस्यो) ।
व्यवसाय भएमा अन्तिम कर फिर्ता कागजको कपी (खाकुतेइ सिनकोकु) र भएमा व्यवसायिक अनुमति पत्रको कपी (क्योंखास्यो) ।
९. काम गर्ने ठाउँको व्याख्या पत्र, म्यानुअलहरू र उपयुक्त प्रमाणित गर्ने सामग्रीहरू
१०.कर कार्यालयले जारी गरेको ५ प्रकारको करको भुक्तानी प्रमाण–पत्र
(क) गेनसेनस्योतोकुजेई
(ख) सिनकोकुस्योतोकुजेइ
(ग) स्योहिजेईलगायत चिहोऊ स्योहिजेई
(घ) उत्तराधिकार कर (स्योजोकुजेइ)
(ङ) उपहार कर (सोयोऊजेइ)
११. आयको प्रमाण दिने बैंक पासबुकको प्रतिलिपि
१२. श्रीमान वा श्रीमतीको हकमा पछिल्लो २ वर्षको सार्वजनिक पेन्सन सम्बन्धी कागजात र बच्चाको हकमा पछिल्लो १ वर्षको मात्र भए हुने ।
१३. सामजिक बिमा (स्याखाई होकेन) स्वास्थ्य बिमा/कल्याण पेन्सन बीमा शुल्कको भुक्तानी रसिद
१४.राष्ट्रिय स्वास्थ्य बीमा शुल्क (कर) भुक्तानी प्रमाण पत्र
श्रीमान वा श्रीमतीको हकमा पछिल्लो २ वर्षको र बच्चाको हकमा पछिल्लो १ वर्षको
१५.पहिचान ग्यारेन्टी सम्बन्धी कागजात
पहिचान ग्यारेन्टी प्रमाण–पत्र (मिमोतोहोस्योस्यो)
व्यक्तिगत ग्यारेन्टरको व्यक्तिगत परिचय स्पष्ट हुने कागजात सवारी चालक अनुमति पत्रको फोटोकपी आदि
१६. स्पष्टीकरण पत्र
१७. निवेदन पत्र
१८. राहदानी
१९. आवासीय (जाइरियु) कार्ड
२०. स्पष्टीकरण पत्र (र्योउखाइस्यो अर्थात् समझदारी पत्र )
२०२१–१०–१ पछि एइज्यु आवेदनका बेलामा समझदारी पत्र बुझाउनु पर्ने भएको छ ।
त्यस बाहेकका अरु अन्य कागजात पनि आवश्यक पर्नसक्छ ।

यदि तपाईंलाई स्थायी बसोबास (एइज्यु भिजाको) का सम्बन्धमा कुनै पनि जानकारी चाहिएमा मलाई तलको मेलमा लेख्न सक्नु हुन्छ । म समय अनुकूल जबाफ दिने छु ।

मेरो यो लेखले धेरै भन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीले एइज्यु भिजा बारेमा जानकारी लिई एइज्यु भिजा प्राप्त गर्न सफल हुनु हुनेछ भन्ने कामना गर्दछु ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?