विष्णु तिवारी ।आज हामीले जापानमा बच्चा जन्माईसकेपछि अपनाउनुपर्ने आवश्यक प्रकयाका बारेमा जानकारी दिँदैछौँ । खासगरी विदेशीहरुले जापानमा बच्चा जनान्माईसकेपछि अपनाउनुपर्ने सम्पूर्ण प्रकृयाका बारेमा यस लेखमा प्रष्ट प्रष्ट पार्न खोजेका छौँ ।
जन्मदर्ता प्रमाण पत्र
बच्चा जन्माएपछि जन्मेको १४ दिनभित्र बच्चाको नाम सिटी अफिसमा दर्ता गर्नुपर्ने हुन्छ। यसलाई ‘जन्मदर्ता प्रमाणपत्र’(しゅっせいとどけ) भनिन्छ ।
दर्ताका लागि हस्पिटलले दिने बच्चा जन्मिएको प्रमाणपत्र बुझाउनु पर्ने र जन्म दर्ता सकिएपछि इमिग्रेसनमा भिजा प्रक्रियाका लागि जानुपर्ने हुन्छ।
जाईर्यु कार्ड (भिसा) प्राप्त गर्ने प्रक्रिया
इमिग्रेसनमा बच्चा जन्मेको ३० दिनभित्र जाईर्यु कार्ड (भिसा) आवेदन दिइसक्नु पर्ने हुन्छ भने ६० दिनभित्रमा भिजा लिइ सक्नुपर्ने हुन्छ। यदि ३० दिन भित्रमा आवेदन र ६० दिनभित्रमा भिसा नलिएमा बच्चा ओभर स्टे हुने र पछि विभिन्न भिजाको झन्झट सामना गर्नुपर्ने हुन्छ।
अध्यागमनको आवेदन सही समयमा दिई बच्चा ओभर स्टे हुनबाट सावधान रहनु पर्छ।
भिजा आवेदनका लागि आवश्यक कागजपत्रहरू:
१ . जन्मदर्ता प्रमाणपत्र वा जन्मदर्ता स्वीकृति प्रमाणपत्र (出生届記載事項証明書又は出生届受理証明書)
२. निवासी दर्ता प्रतिलिपि परिवारका सबै सदस्यहरूको जानकारी सहित 住民票の写し家族全員記載
३.रोजगार प्रमाणपत्र (在職証明書)
४. वार्षिक कमाई र कर भुक्तानी प्रमाणपत्र (課税・納税証明書
५. बुबाआमाको पासपोर्ट जाइर्यू कार्डको प्रतिलिपि र ओरिजिनल
६. बच्चाको पासपोर्ट बनिनसकेको अवस्थामा बन्दै गरेको वा आवेदन दिने योजनाको निवेदन पत्र
यो बाहेक पनि व्यक्तिको अवस्था हेरी थप कागजपत्र बुझाउनुपर्ने पनि हुन सक्छ । तर सामान्यतया यी माथिका कागज पत्रले भिसा आवेदनको प्रक्रिया सकिन्छ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”
यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l
