जापानमा खाबुसिकिखाइस्या र गोउदोउखाइस्याको भिन्नता

विष्णु तिवारी । २००६ मा गरिएको कम्पनी ऐन परिमार्जनपछि नयाँ कम्पनी गोउदोउखाइस्याको जन्म भएको थियो । हाल जापानमा चार प्रकारका कम्पनीहरू स्थापना गर्न सकिन्छ : ‘स्टक कम्पनी’ (खाबुसिकिखाइस्या), ‘सीमित दायित्व कम्पनी’ (गोउदोउखाइस्या), ‘सामान्य साझेदारी कम्पनी’ (गोउमेइगाइस्या), र ‘सीमित साझेदारी कम्पनी’ (गोशिगाइस्या) ।


यस लेखमा विशेष गरी ठूलो संख्यामा स्थापना भएको संयुक्त–स्टक कम्पनीहरू र सीमित दायित्व कम्पनीहरू बीचको भिन्नताहरू र प्रत्येकका फाइदा र बेफाइदाहरू विस्तारमा प्रस्तुत गर्नेछौं ।

खाबुसिकिखाइस्या भनेको शेयर जारी गरी कोष संकलन गरेर सिर्जना गरिने कम्पनीको प्रतिनिधि रूप हो । पुँजी मालिक र कम्पनी व्यवस्थापन गर्ने व्यक्ति अलग हुने र पुँजी प्रदान गर्ने व्यक्ति ‘सेयरहोल्डर’ हुन्छन् । कम्पनीको व्यवस्थापन गर्ने प्रबन्धकलाई सेयरहोल्डरको सामान्य बैठक सेयरहोल्डरको भेलामा चयन गरिन्छ ।

जसमा लगानीकर्ता र प्रबन्धक छुट्टाछुट्टै भई ‘स्वामित्व र व्यवस्थापन फरक’ रहने यो तरिका संयुक्त स्टक कम्पनीको विशेषताहरू मध्ये एक हो । सेयरहोल्डरहरु पनि निर्देशक हुनसक्ने र साना कम्पनीहरूमा संस्थापक सदस्यहरूनै लगानीकर्ता बनी सिधै प्रबन्धक बनेको पनि धेरै देख्न सकिन्छ ।

गोउदोउखाइस्या (LLC) मे १, २००६ मा लागू भएको कम्पनी ऐन अन्तर्गत स्थापित कम्पनीको नयाँ रूप हो र यसलाई अमेरिकी LLC (सीमित दायित्व कम्पनी) को मोडेलको रूपमा प्रस्तुत गरिएको छ ।

लगानीकर्ता र प्रबन्धकहरू प्रायः फरक हुने स्टक कम्पनीहरूको विपरीत गोउदोउखाइस्यामा लगानीकर्ता कम्पनीको प्रबन्धक हुने र लगानी गरेका सबै कर्मचारीहरूलाई कम्पनीको बारेमा निर्णय गर्ने अधिकार हुन्छ ।

सामान्य रूपमा गोदोऊखाईस्याको सबै सदस्यहरूसँग व्यापार प्रतिनिधित्व र कार्यान्वयन गर्ने अधिकार हुन्छ । तर कार्यकारी अधिकार भएका ‘कार्यकारी कर्मचारीहरू’ र कार्यकारी अधिकार नभएका ‘कर्मचारीहरू’ पनि विभाजन गर्न सकिन्छ । कम्पनीको प्रतिनिधिको रूपमा खाबुसिकिखाइस्याको ‘प्रतिनिधि निर्देशक’ भने जस्तै ‘प्रतिनिधि कर्मचारी’ नियुक्त गर्न पनि सकिन्छ ।
खाबुसिकीखाइस्या र गोउदोउखाइस्याको बीच भिन्नता

१. खाबुसिकीखाइस्याका फाइदाहरू :

गोउदोउखाइस्याको भन्दा लोकप्रियता उच्च

खाबुसिकिखाइस्याको उच्च मान्यता हुने र कतिपयलाई गोउदोउखाइस्या कस्तो प्रकारको कम्पनी हो भन्ने थाहा नहुने हुन्छ । त्यसैले खाबुसिकिखाइस्याका बारेमा कुनै नकारात्मक छविको बारेमा चिन्ता लिनु नपर्ने अर्को फाइदा हो ।

कोष जुटाउन शेयर जारी गर्न सकिने

शेयरहोल्डरहरूलाई अनुरोध गरी लगानी प्राप्त गर्न सकिने खाबुसिकिखाइस्याको ठूलो फाइदा हो । शेयरहोल्डरहरूसँग अप्रत्यक्ष सीमित दायित्व हुने हुँदा उनीहरूको लगानीको रकम भन्दा बढीका लागि उत्तरदायी हुन पर्दैन । त्यसैले लगानी रकमभन्दा बढी जोखिम नहुने फाइदा पनि छ ।

. खाबुसिकीखाइस्याका बेफाइदा

नाफाको बाँडफाँड लगानी रकमको आधारमा निर्धारण
कम्पनीको नाफा आफ्नो लगानीकर्तालाई फिर्ता गर्दा गोउदोखाइस्याको वितरण मापदण्ड स्वतन्त्र रूपमा निर्धारण गरिने । तर खाबुसिकीखाइस्याको लगानी मात्रा अनुसार नाफा बाँडिने हुन्छ ।

लगानीको रकम थोरै भए पनि कम्पनीमा उच्च योगदान पुर्याउने लगानीकर्तालाई ठूलो नाफा बाँड्न चाहे पनि बाड्न नसकिने ।

सेटअप गर्न धेरै लागत र प्रक्रियाहरू हुने

कम्पनी स्थापनाको लागि लागत र प्रक्रिया फरक हुने, गोउदोऊखाईस्याकोभन्दा प्रक्रिया लामो तथा महंगो पर्ने हुन्छ । खाबुसिकिखाईस्याको निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न आवश्यक पर्ने नोटरी पब्लिक अफिसमा प्रक्रिया वा शुल्कहरूको आवश्यकता पर्ने ।

वित्तीय विवरणहरू प्रकाशित गर्ने दायित्व हुने र प्रकाशन शुल्क लाग्ने
वित्तीय परिणामहरूको सार्वजनिक घोषणा लगानीकर्ताहरू (सेयरहोल्डरहरू) र ऋणदाताहरूलाई कम्पनीको कार्यसम्पादन र वित्तीय स्थिति स्पष्ट गर्न र लेनदेनको सुरक्षा कायम राख्नका लागि गरिनु पर्ने हुन्छ ।

गोउदोउखाइस्याको आफ्नो वित्तीय परिणामहरू घोषणा गर्न बाध्य छैन । तर खाबुसिकीखाइस्याले प्रत्येक वर्ष आफ्नो वित्तीय परिणामहरूको सार्वजनिक घोषणा गर्न बाध्य छन् ।

सामान्यतया, वित्तीय विवरणहरूको सार्वजनिक सूचनाहरू आधिकारिक राजपत्रहरूमा प्रकाशित हुन्छन् र लागत लगभग ७ मान येन लगने हुन्छ । इलेक्ट्रोनिक सार्वजनिक सूचनाका सन्दर्भमा पनि लगभग १ मान येन शुल्क आवश्यक पर्दछ ।

३. गोउदोखाईस्याको फाइदाहरू:

स्थापना लागत कम खर्चमा सकिने
गोउदोऊखाईस्या खाबुसिकिखाईस्या भन्दा कम लागतमा तयार गर्न सकिन्छ । कम्पनी स्थापना गर्दा होउमुक्योकुमा दर्ता लाइसेन्स कर खाबुसिकिखाईस्याका लागि १५ मान येन र गोउदोऊखाइस्याको हकमा ६ मान पर्ने हुन्छ ।

खाबुसिकिखाईस्याको निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न ३ मान देखि ५ मान पर्ने हुन्छ भने गोउदोऊखाईस्याको हकमा प्रमाणीकरण आवश्यक हुदैन । निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न नपर्ने हुँदा गोउदोऊखाईस्याको स्थापना गर्दा लाग्ने समय छिटो हुन्छ ।

स्वामित्व र व्यवस्थापन एकरूपता भएकाले छिटो निर्णय लिन सम्भव हुने

खाबुसिकिखाईस्याको हकमा कम्पनीको नीति र महत्त्वपूर्ण विषयहरू निर्णय गर्दा सेयरधनीहरूको साधारण सभा गर्न आवश्यक हुन्छ । तर गोउदोऊखाईस्यामा लगानीकर्ता (कर्मचारी) प्रबन्धक हुने हुँदा छिटो निर्णय गर्न सम्भव हुन्छ ।

यसले व्यवस्थापनमा थप स्वतन्त्रता प्रदान गरी थप रूपमा कम्पनीले तेस्रो पक्षहरूको अनिर्दिष्ट संख्याबाट लगानी प्राप्त नगर्ने हुनाले तेस्रो पक्षहरूलाई कम्पनी व्यवस्थापनमा हस्तक्षेप गर्न गाह्रो हुने हुन्छ ।

वित्तीय विवरण प्रकाशित गर्न बाध्यता नहुने

प्रत्येक वर्ष आफ्नो वित्तीय विवरण सार्वजनिक घोषणाहरू गर्न बाध्य नहुने । सामान्यतया, वित्तीय विवरणहरूको सार्वजनिक सूचनाहरू आधिकारिक राजपत्रहरूमा प्रकाशित गर्नु नपर्ने र तिनीहरूको लागत पनि नलाग्ने हुन्छ ।

अधिकारीको कुनै अवधि नहुने

अधिकारीहरूको पदावधि जुन सामान्यतया खाबुसिकीखाइस्यामा दुई–दश वर्षको हुन्छ भने गोउदोउखाइस्यामा असीमित हुन्छ । अधिकारीको दर्ता र इजाजतपत्र कर (१ मान येन वा ३ मान येन) पुनः नियुक्ति दर्ताका लागि लाग्ने हुन्छ । जुन प्रत्येक पटक अधिकारीको पदावधि समाप्तको समयमा लाग्ने हुन्छ भने गोउदोउखाइस्यामा यो लाग्ने हुदैन ।

नाफा बाँडफाँड निर्णय गर्ने स्वतन्त्रता

कम्पनीको नाफालाई लगानीकर्ता (सेयरहोल्डर) लाई लाभांशको रूपमा वितरण गरिन्छ । खाबुसिकिखाइस्यामा लगानी अनुपातका आधारमा लगानीकर्ताहरूलाई नाफा बाँडफाँड गर्ने निर्णय हुन्छ । अर्को शब्दमा जति धेरै पैसा लगानी गरेको हुन्छ त्यति नै बढी नाफा प्राप्त हुन्छ ।
अर्कोतर्फ गोउदोउखाइस्यामा लगानी अनुपातलाई ध्यान नदिई नाफा वितरण स्वतन्त्र रूपमा निगमनका लेखहरूद्वारा निर्धारण गर्न सकिन्छ ।

गोउदोउखाइस्याको विशेषता भनेको लगानीको मात्रा बाहेक प्राविधिक क्षमता र व्यापार कार्यसम्पादन जस्ता कारकहरूको आधारमा नाफा वितरण निर्धारण गर्न सकिन्छ ।

४. गोउदोउखाइस्याको बेफाइदा:

खाबुसिकीखाइस्याको भन्दा कम ज्ञात र कम लोकप्रिय

यद्यपि गोउदोउखाइस्याको संख्या बढ्दै गएको भए पनि जापानमा कम्पनीहरू भन्नाले खाबुसिकिखाइस्याको छवि बलियो छ । जापानमा धेरै व्यक्तिहरू खाबुसिकिखाइस्याको बाहेक अन्य कम्पनी बीचका भिन्नताहरू बुझ्ने ब्यक्ति थोरै छन् ।

गोउदोउखाइस्याको नाम कम परिचित भएका कारणले व्यापार साझेदारहरूले ‘कम्पनीसँग धेरै रकम छैन’ भन्ने गलत मूल्यांकन राख्न सक्ने र काम गर्दा कर्मचरीको भर्नामा आकर्षित गर्न गाह्रो हुन सक्ने हुन्छ ।

लगानीकर्ता (कर्मचारी) एकअर्कासँग विवाद हुँदा निर्णय लिन गाह्रो हुने

गोउदोउखाइस्याको लगानीकर्ता (कर्मचारी) = व्यवस्थापन हुने र सबै लगानीकर्तासँग समान निर्णय गर्ने अधिकार हुने हुन्छ । यसबाट व्यवस्थापनमा द्रुत निर्णय लिन सक्षम हुने फाइदा भए तापनि लगानीकर्ता (कर्मचारी) बीचको द्वन्द्व भएमा व्यवस्थापन र सञ्चालनलाई प्रतिकूल असर पार्न सक्छ ।

लगानीकर्ता (कर्मचारी) को राय एकताबद्ध भएमा वा प्रतिनिधित्व गर्ने अधिकार एक मात्र लगानीकर्ता (कर्मचारी) भएमा कुनै समस्या हुँदैन तर धेरै लगानीकर्ता (कर्मचारी) को प्रतिनिधित्व गर्ने अधिकार भएमा भने फरक पर्ने हुन्छ ।

यदि सबै लगानीकर्तासँग समान निर्णय गर्ने अधिकार भयो भने बिचारको द्वन्द्व भएमा नियन्त्रण बाहिर जान सक्ने र व्यापार गतिविधिहरुमा अवरोध गर्न सक्ने प्रबल सम्भवाना हुन सक्छ ।

वित्तिय विधिहरू खाबुसिकखाइस्याको भन्दा बढी सीमित

गोउदोउखाइस्याहरु खाबुसिकीखाइस्याको विपरीत शेयर बेचेर रकम जुटाउन गाह्रो हुने हुन्छ । गोउदोउखाइस्याहरुको कोष जुटाउने मुख्य माध्यम वित्तीय संस्थाहरूबाट उधारो (ऋण) को अतिरिक्त राष्ट्रिय र स्थानीय सरकारहरूबाट अनुदान लिने र कोषका विधिहरू खाबुसिकिखाइस्याको भन्दा बढी सीमित हुने हुन्छ ।

“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”

यस लेख बारे थप जिज्ञासा भएमा [email protected] ईमेल गर्न सक्नु हुने छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?