जापानमा पौने ८ करोड कोरोनाविरुद्धको खोप खेर गयो

जापानमा फेब्रुअरीसम्म ७ करोड ७८ लाख कोरोनाविरुद्धको खोप खेर गएको छ । यसरी खेर गएकोमध्ये अधिकांश खोपको म्याद सकिएको माइनिची शिम्बुनले जनाएको छ ।

जापानले किनेकोमध्ये करिब ९ प्रतिशत खोप प्रयोग नभएर खेर गएको हो । हाल रहेको स्टकहरुको म्याद समाप्त हुने मितिहरु नजिकिदा अझै ठूलो मात्रामा कोरोना खोप नष्ट हुने अनुमान गरिएको छ ।

सार्वजनिक रुपमा उपलब्ध स्वास्थ्य मन्त्रालयका तथ्यांक र देशभरका प्रमुख स्थानीय सरकारहरुमा पठाइएका प्रश्नावलीको अध्ययन पनि यो ठूलो मात्रामा खोप खेर गएको तथ्य बाहिर आएको हो ।

जापान सरकारले कोभिड खोपको एक मात्राको खरिद मूल्य सार्वजनिक नगरेका कारण यी खोपको सही मूल्य भने प्रष्ट हुन सकेको छैन । यद्यपि अर्थ मन्त्रालयले प्रत्येका खोपको मूल्य २ हजार ७२५ येन भएको संकेत गरेको थियो ।

प्रतिडोज २ हजार ७२५ येनको लागत बराबर अर्थ मन्त्रालयको वित्तीय प्रणाली काउन्सिलको उपसमितिको कागजातमा निर्दिष्ट गरिएको छ ।

खोपको खरिद मूल्यमा ढुवानी लागत समेत जोडेका कारण यसले खोवकाृ वास्तविक मूल्यको प्रतिनिधित्व गर्दैन ।

सरकारले औषधि उत्पादकहरुसँग खरिदका लागि गोप्य सम्झौता गरेको थियो । त्यसैले पनि औषधिको वास्तविक मूल्य खुलाइएको छैन ।

जापान सरकार सरकारले फाइजर खोपको ३९ करोड ९० लाख, मोडेर्नाको २१ करोड ३० लाख, एस्ट्राजेनेकाबाट १२ करोड डोज खरिद गर्ने घोषणा गरेको थियो ।

यद्यपि एस्ट्राजेनेकाबाट खरिद गर्ने भनिएकोमध्ये ६ करोड २३ लाख डोजको सम्झौता पछि रद्द गरेको थियो ।

यसैगरी नोभाभ्याक्सबाट १५ करोड डोज खरिद गर्ने भनिएकामा करिब १ करोड मात्र खरिद गरेर बाँकी रद्द गरिएको थियो ।

तीमध्ये स्वास्थ्य मन्त्रालयले म्याद सकिएको मोडेर्ना र १ करोड ३५ लाख ८० हजारर एस्ट्राजेनेका डोजहरु परम्परागत स्ट्रेनका भएकाले नयाँ खोप उपलब्ध भएपछि फालिएको थियो ।

माइनिची शिम्बुनले फेब्रुअरीमा जापानका ४७ प्रिफेक्चरहरु, राजधानी सहरहरु, प्रमुख सहरहरु र टोकियोका २३ वटा वडाहरुलाई प्रश्नावली पठाएको थियो । जसमा कुल १२१ स्थानीय निकायहरुलाई उनीहरुले खारेज गरेको कोभिड–१९ खोपको मात्राबारे सोधेको थियो ।

सर्वेक्षणमा धेरै स्थानीय सरकारहरुले खोपहरु खारेज गर्नुको कारणमा म्याद सकिने मितिलाई उदृत गरेका छन् ।

यसबाहेक खोप लगाउन अनिच्छा बढ्नु, खोपको साइड इफेक्ट, कोभिडको नयाँ प्रकार, पुराना खोवले कम काम गर्नेजस्ता खबरहरुका कारण खोप लगाउनेको संख्या घटेका कारण खोप फाल्नुपरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?