रोजगारीका लागि आवेदन दिँदा रिजुमी वा रिरेकुस्योउमा छुटाउनै नहुने यी ४ कुरा

टोकियो ।जापान वा जुनसुकै ठाउँमा पनि रोजगारीका लागि निवेदन सहित रिजुमी तयार गरी रोजगार दाता समक्ष पेश गर्नु पर्दछ । तर निवेदनमा प्रयोग गरिने भाषा, त्यसमा समावेश गर्नै पर्ने विषयमा अझै पनि धेरै जना अलमलमा परेको देखिन्छ। यहि विषयलाई मध्यनजर गरेर हामीले रोजगारी प्राप्तिका लागि रिरेकुसोउ वा रिजुमी लेख्दा ध्यान दिनै पर्ने कुराहरुबारे चर्चा गर्दै छौँ ।

सुन्दा यो सामान्य लाग्ला, तर यसमा समावेश गर्नैै पर्ने केही विषय धेरैलाइ थाहा नभएको पनि हुन सक्छ । यस आलेखमा हामीले रोजगारीका लागि आफ्नो बायोडाटा भर्दा सचेत हुन आवश्यक मध्ये चारवटा मुख्य पक्षहरूबारे जानकारी दिँदै छौँ ।

रिजुमी/रिरेकुसोउमा समावेश गर्नै पर्ने विषयहरु के–के हुन् ?

१.उद्देश्य
जागिरका लागि निवेदन दिँदा तपाँईको उद्धेस्य खुलस्त पार्नु पर्दछ । उद्धेस्यमा तपाई स्पष्ट र केन्द्रित हुनुपर्छ। यदि उद्धेस्य स्पष्ट पार्नुभएको छ भने गर्न खोजेको कामलाइ कति गम्भीरताका साथ लिनु हुनेछ भनेर रोजगार दाताले थाहा पाउन सक्छन्।

काममा हासील गर्न चाहेको उद्धेस्य बताउन नबिर्सनुहोस् । काम गर्दा आफूलाइ रमाईलो लाग्ने कुरा उल्लेख गर्नुभयो भने विशिष्ट स्थितिमा जागिर प्राप्त गर्न सकिन्छ ।
२.अनुभव
आफ्नो कार्य अनुभव लेख्दा, सान्दर्भिक र सम्बन्धित रोजगार केन्द्रित राख्नु महत्वपूर्ण छ। उदाहरणका लागि यदि शिक्षक पदका लागि निवेदन दिँदै हुनुहुन्छ भने आँफू म्यूजिकल विषयमा अनुभवी भएको कुरा अनुभवको रूपमा राख्नुभयो भने शिक्षक बन्ने तपाईंको इच्छाको बारेमा रोजगारदातालाई शंका लाग्न सक्छ।

यदि पहिले पनि अन्त कतै काम गर्नुभएको छ भने, कुन कम्पनीमा के काम गर्नुभयो ? कुन स्तर/उमेर–दायरा थियो ? त्यो कति विशेष कम्पनी थियो ? तपाईंको स्थिति, रोजगारीको समय र दैनिक कर्तव्यहरू सूचीबद्ध उल्लेख गर्न सकिन्छ। यी सबै कुराहरु संक्षिप्त र सरल हुनुपर्दछ। शब्दमा लेख्दा तीन वाक्यहरू भन्दा लामो र भद्धा हुनु हुँदैन।
३.योग्यता
एकपटक आफ्नो अनुभव सूचीबद्ध गरिसके पछि, राम्रोसंग आफ्नो योग्यताहरू निश्चित रुपमा उल्लेख गर्नु पर्दछ । धेरै पदहरू लाई उनीहरूको प्रत्येक आवेदकबाट स्नातक डिग्री चाहिएको वा नचाहिएको पनि हुन सक्छ । त्यसैले तपाईले पढेको विद्यालयकोे पूरा नाम, तपाईंले त्यहाँ कुन वर्ष अध्ययन गर्नुभयो ? तपाँईको प्रमुख विषय के थियो ? यस्ता सामान्य कुराहरु रिरेकुसोउ मा सामेल गर्न छुटाउनु हुँदैन । आँफूले प्राप्त गरेका ग्रेडहरु पनि स्पष्ट उल्लेख गर्नुपर्दछ ।

जुन देशमा हुनुहन्छ त्यहाँको भाषा बोल्न वा लेख्न जान्नुहुन्छ भने त्यो सन्दर्भ पनि खुलाउँदा राम्रो हुन्छ । त्यस देशको भाषा पढेर र निपुणता हासिल गरेर, रोजगारदाताहरूलाई तपाईं लामो समयसम्म सोही देशमा बस्न इच्छुक भएको र काम गर्दै जाँदा कामकै अवधिको आधा बाटोमा घर फर्कनुहुन्न भन्ने विश्वास दिलाउन सक्नुहुन्छ ।
४.सीप
आँफूमा रहेका सीपहरू सूचीबद्ध गर्ने मौका पनि गुमाउनु हुँदैन । तपाँईको सीप अब गर्न खोजेको काममा कति अर्थपूर्ण छ भनेर खुलाउँदा रोजगारी पाउने सम्भावना धेरै हुन्छ । र यसमा आफूसंग भएका अनेक सीपहरु मध्ये सम्बन्धित कामका लागि प्रयोगमा आउने प्रकारका सीपहरु भए मात्र खुलाउनु राम्रो हुन्छ ।

यति चार कुरा खुलाएर रिजुमी तयार पार्नुभयो भने तपाई रोजगारीमा छनोट हुने सम्भावना राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?