विष्णु तिवारी । नियममा जापानमा कम्तिमा पनि १० वर्ष बसोवास गर्नु पर्ने आवश्यकता छ । साथै, त्यसमध्ये ५ वर्ष काम गर्ने भिसा (प्राविधिक प्रशिक्षार्थी र निर्दिष्ट सिप १ नं. बाहेक) अथवा, निवास योग्यता (जापानीको श्रीमान/श्रीमती आदि, एइज्युस्याको श्रीमान/श्रीमती आदि, तेइज्युस्या) हुनुपर्छ ।
१० वर्ष बसोबास नगरेको भए पनि हुन्छ ?
जापानी नागरिक, एइज्युस्या, विशेष एइज्युस्यासँग विवाह गरेको व्यक्ति → विवाह गरेको ३ वर्ष नाघेको र जापानमा १ वर्ष बसेको भए हुन्छ ।
‘तेइज्युस्या’ भएको व्यक्ति ५ वर्ष भन्दा बढि लगातार जापानमा बसेको भए हुन्छ ।
जापानको लागि योगदान गरेको व्यक्ति ५ वर्ष भन्दा बढि जापानमा बसेको भए हुन्छ ।
‘उच्च स्तरको पेशा’ भएको व्यक्ति अंक अनुसार १ वर्ष वा ३ वर्ष जापानमा बसेको भए हुन्छ ।
एइज्युस्या हुनका लागि यी बाहेक अन्य शर्तहरु पनि छन् ।
एइज्यु निवेदनका लागि आवश्यक कागज पत्र
१. व्यक्तिगत पहिचानको कागज पत्र
परिवार दर्ता रजिष्टर (कोसेकी तोहोन), जन्मदर्ता प्रमाण–पत्र, विवाह दर्ता प्रमाण–पत्र, स्वीकृति प्रमाणपत्र आदि ।
वर्किङ भिसा भएका व्यक्तिलाई आवश्यक नपर्ने ।
२. आवासीय प्रमाण–पत्र (ज्यूमिनह्यो) सम्पूर्ण परिवारको उल्लेख गरिएको हुनुपर्ने तर माइनम्बर उल्लेख गर्न नपर्ने ।
३. पेशा प्रमाणित गर्ने कागजात ।
कम्पनीमा काम गर्ने भएमा रोजगार प्रमाण–पत्र (जाइस्योकुस्योमेइस्यो) ।
व्यवसाय भएमा अन्तिम कर फिर्ता कागजको कपी (खाकुतेइ सिनकोकु) र भएमा व्यवसायिक अनुमति पत्रको कपी (क्योंखास्यो) ।
४.पछिल्ला ५ वर्षको खाजेइ/नोजेइ प्रमाण–पत्र (सिटी अफिसले जारी गरेको)
जापानी नागरिक/एइज्युस्या/विशेष एईज्युस्याको जीवनसाथीको हकमा पछिल्लो ३ वर्षको ।
जापानी नागरिक/एइज्युस्या/विशेष एइज्युस्याको बच्चाको हकमा पछिल्लो १ वर्षको ।
५. ५ प्रकारको करको भुक्तानी प्रमाण–पत्र (कर कार्यालयले जारी गरेको)
५ प्रकारको कर भन्नाले
(१) स्रोत आयकर र पुनर्निर्माण विशेष आयकर (गेनसेनस्योतोकुजेई)
(२) घोषित आयकर र पुनर्निर्माण विशेष आयकर (सिनकोकुस्योतोकुजेइ)
(३) उपभोक्ता कर र स्थानीय उपभोक्ता कर (स्योहिजेई लगायत चिहोऊ स्योहिजेई)
(४) उत्तराधिकार कर (स्योजोकुजेइ)
(५) उपहार कर (सोयोऊजेइ)
६. पछिल्लो २ वर्षको सार्वजनिक पेन्सन सम्बन्धी कागजात
जापानी नागरिक/एइज्युस्या/विशेष एइज्युस्याको बच्चाको हकमा पछिल्लो १ वर्षको
पेन्सनको नियमित सेवा वा पेन्सन नेट ‘हरेक महिनाको पेन्सन रेकर्ड’ को प्रिन्ट गरिएको भाग, नागरिक पेन्सन बिमाको रसिद (राष्ट्रिय पेन्सनमा दर्ता गरेको अवधि भएको व्यक्ति)
सामजिक बिमा लागू हुने व्यवसायको मालिकको हकमा स्वास्थ्य बिमा/कल्याण पेन्सन बीमा शुल्कको भुक्तानी रसिद, सामजिक बीमा शुल्कको भुक्तानी प्रमाण–पत्र वा सामाजिक बिमा शुल्कको भुक्तानी (निवेदन) कागज
७. सम्पूर्ण परिवारको बिमा कार्डको कपी र बीमित/बीमा नम्बर चाहिँ कालो रंगले छोपेर बुझाउनु पर्ने ।
८.राष्ट्रिय स्वास्थ्य बीमा शुल्क (कर) भुक्तानी प्रमाण पत्र (सिटी अफिसले जारी गरेको)
जापानी नागरिक/एइज्युस्या/बिशेष एइज्युस्याको बच्चाको हकमा पछिल्लो १ वर्षको ।
पछिल्लो २ वर्षमा राष्ट्रिय स्वास्थ्य बिमामा दर्ता गरेको कुनै अवधि भएमा त्यो पनि बुझाउनु पर्ने ।
९. पहिचान ग्यारेन्टी सम्बन्धी कागजात
पहिचान ग्यारेन्टी प्रमाण–पत्र (मिमोतोहोस्योस्यो)
व्यक्तिगत ग्यारेन्टरको व्यक्तिगत परिचय स्पष्ट हुने कागजात सवारी चालक अनुमति पत्रको फोटोकपि आदि
१०. स्पष्टीकरण पत्र
११. निवेदन पत्र
१२. राहदानी
१३. आवासीय(जाइरियु) कार्ड
त्यस बाहेकका अरु अन्य कागजात आवश्यक पर्न पनि सक्छ ।
एइज्युस्या (स्थायी बासिन्दा) हुनका लागि
१. अहिलेसम्म अपराधको कारण पक्राउ नपरेको
२. जापानमा जीवनयापन गर्न आर्थिक क्षमता भएको
३. कर ठीक समयमा तिरिरहेको हुनुपर्ने । कर तिरिएको भए पनि ढिला गरी तिरिएको खण्डमा एइज्यु आवेदन रद्द हुन्छ ।
४. राष्ट्रिय पेन्सनमा छिरेको हुनुपर्ने ।
५. लामो अवधि जापानमा राम्रो आचरण भई बसेको हुनुपर्ने
एइज्युको संख्यामा सीमितता नभएकोले जापानको इमिग्रेसनले तोकिए अनुसारको मापदण्ड पूरा गरेमा निवेदन जहिले, जो कसैले दिन सकिन्छ ।
स्थायी बसोबास (एइज्युस्या) हुँदा लिन सकिने फाइदा
१. भिसा नविकरण गरिराख्नु पर्ने आवश्यक हुँदैन तर कार्डको म्याद ७ वर्षमा सकिने भएकोले अपडेट गर्न बिर्सनु भएन ।
२. कुनै पनि कानुनी काममा प्रतिबन्ध लाग्ने छैन ।
३. लगभग जापानी नागरिकको समान अधिकारहरू प्राप्त गर्न सकिने ।
४. जापानी नागरिकले बराबर सहज रुपमा घर किन्दा घरको ऋण प्राप्त गर्न सकिने ।
५. श्रीमती र छोराछोरीलाई जापानमा बस्नु फाइदाजनक हुनेछ । एइज्युस्याको हाईगुस्या भिजा हुने भएकोले काममा कुनै समय सीमाको प्रतिबन्ध हुने छैन । जापानी नागरिक बराबर काम गर्न पाउने छन ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”