विष्णु तिवारी । २००६ मा गरिएको कम्पनी ऐन परिमार्जनपछि नयाँ कम्पनी गोउदोउ खाइस्याको जन्म भएको थियो । हाल जापानमा चार प्रकारका कम्पनीहरू स्थापना गर्न सकिन्छ : ‘स्टक कम्पनी’ (खाबुसिकी खाइस्या), ‘सीमित दायित्व कम्पनी’ (गोउदोउ खाइस्या), ‘सामान्य साझेदारी कम्पनी’ (गोउमेइ खाइस्या), र ‘सीमित साझेदारी कम्पनी’ (गोसि खाइस्या) ।
खाबुसिकी खाइस्या भनेको शेयर जारी गरी कोष संकलन गरेर सिर्जना गरिने कम्पनीको प्रतिनिधि रूप हो ।
पुँजी मालिक र कम्पनी व्यवस्थापन गर्ने व्यक्ति अलग हुने र पुँजी प्रदान गर्ने व्यक्ति ‘शेयर होल्डर’ हुन्छन् । कम्पनीको व्यवस्थापन गर्ने प्रबन्धकलाई शेयर होल्डरको सामान्य बैठक अर्थात शेयर होल्डरको भेलाबाट चयन गरिन्छ ।
जसमा लगानी कर्ता र प्रबन्धक छुट्टाछुट्टै भई ‘स्वामित्व र व्यवस्थापन फरक’ रहने यो तरिका संयुक्त स्टक कम्पनीको विशेषताहरू मध्ये एक हो ।
सेयर होल्डरहरू पनि निर्देशक हुन सक्ने र साना कम्पनीहरूमा संस्थापक सदस्यहरू नै लगानी कर्ता बनी सिधै प्रबन्धक बनेको पनि धेरै देख्न सकिन्छ ।

खाबुसिकी खाइस्याका फाइदाहरू
व्यवसाय सुरु गर्दा एकल स्वामित्वको रूपमा कोजिन व्यवसाय सुरु गर्ने वा कम्पनी स्थापना गर्ने छनौट हुन्छ । कोजिन व्यवसायको हकमा कर भुक्तानी गर्ने ठाउँको कर कार्यालयमा व्यापार खोल्ने सूचना (खाईगो तोदोके) पेस गरेर तुरुन्तै आफ्नो व्यवसाय सुरु गर्न सकिन्छ ।
अर्को तर्फ, कम्पनी स्थापना गर्न धेरै कानुनी प्रक्रियाहरू आवश्यक छ । यसले समय र प्रयास धेरै चाहिन्छ तर होऊजिनको (कम्पनी) हकमा विभिन्न फाइदाहरू छन् जुन एकल स्वामित्वको कोजिन व्यवसायद्वारा प्राप्त गर्न सकिँदैन । विशेषगरी निर्माण/रियल इस्टेट, उद्योग, खुद्रा/थोक उद्योग, सेवा उद्योग जस्तै परामर्श र रेष्टुरेन्टहरू र आईटी–सम्बन्धित उद्योगहरूमा कोजिन व्यवसायका लागि भन्दा होऊजिन व्यवसायको लागि ब्यापार सञ्चालन गर्न सजिलो हुन्छ ।
सामाजिक विश्वास प्राप्त गर्न सजिलो, लोकप्रियता उच्च
खाबुसिकी खाइस्याको उच्च मान्यता हुने र कतिपयलाई गोउदोउ खाइस्या कस्तो प्रकारको कम्पनी हो भन्ने थाहा नहुने हुन्छ । त्यसैले खाबुसिकी खाइस्याको बारेमा कुनै नकारात्मक छविको बारेमा चिन्ता लिनु नपर्ने अर्को फाइदा हो ।
कम्पनी स्थापना गर्दा, ट्रेड नाम (कम्पनीको नाम), ठेगाना, र पुँजी जस्ता जानकारी दर्ताको लागि कानुनी मामिला ब्युरोमा (होउमुक्योकु) पेश गर्नु पर्छ । दर्ता गरिएको सामग्री हेर्न जो कसैले पनि सक्ने हुँदा होऊजिनको (कम्पनी) जिम्मेवारी बढ्छ ।
जसले गर्दा सामाजिक विश्वसनीयतामा मद्दत गर्दछ । व्यापार साझेदारहरू र आपूर्ति कर्ताहरू अनुसार कम्पनी नभए सम्झौता गर्दैनन् र कोजिन व्यवसायरूसँग ठूलो मात्रामा लेनदेन हुने कारोबार पनि गर्दैनन् ।
यस्तो सामाजिक विश्वास प्राप्त गर्न सजिलो हुने भएकोले कोष जुटाउन सजिलो हुन्छ । यसको अर्थ कोजिन व्यवसायलाई कोष जुटाउन गाह्रो हुन्छ भन्ने होइन कि, यदि व्यापार विस्तार आदिका लागि ठूलो मात्रामा ऋण चाहियो भने कम्पनीहरुसँग कोष विकल्पहरू विस्तार गर्नका लागि अधिक विकल्प हुन्छ ।
कोष जुटाउन शेयर जारी गर्न सकिने
शेयरहोल्डरहरूलाई अनुरोध गरी लगानी प्राप्त गर्न सकिने खाबुसिकीखाईस्याको ठूलो फाइदा हो । शेयरहोल्डरहरूसँग अप्रत्यक्ष सीमित दायित्व हुने हुँदा उनीहरूको लगानीको रकमभन्दा बढीका लागि उत्तरदायी हुनु पर्दैन । त्यसैले लगानी रकमभन्दा बढी जोखिम नहुने फाइदा पनि छ ।
कर लाभहरूको फाइदा छन्
कोजिन व्यापारका लागि आयकर प्रगतिशील कर हुने हुन्छ । त्यसैले आम्दानी बढ्दै जाँदा करको दर चरणहरू पनि बढ्ने हुन्छ । अधिकतम करको दर ४५ प्रतिशतसम्म हुन्छ ।
अर्कोतर्फ १० करोड येन वा सोभन्दा कम पुँजी र ८० लाख येन वा सोभन्दा बढी नाफा भएको कम्पनीका लागि कर्पोरेट करदर २३.२० प्रतिशत र ८० लाख येन वा सोभन्दा कम आम्दानी भएका कम्पनीका लागि १५ प्रतिशत करदर तोकिएको छ । जति धेरै आम्दानी हुन्छ त्यति कम्पनी स्थापना गर्दा फाइदाहरू धेरै प्राप्त गर्न सकिन्छ ।
साथै, कम्पनी स्थापना भएपछि प्रबन्धक कार्यकारीले (याकुईन ) फीको रूपमा तलब प्राप्त गर्न सकिन्छ । कम्पनीमा कार्यकारीको पारिश्रमिक कर्पोरेट करको अधिनमा हुँदैन किनभने यो खर्च मानिन्छ । यदि वार्षिक समान रकमले तलबको आवश्यकता पूरा गरेमा थप कम्पनीहरूसँग खर्चहरूको विस्तृत दायरा हुने र यदि निलो रिटर्न पेश (आओइरो सिंकोकु) गरेमा १० वर्षका लागि घाटा (आकाजी) (कुरीकोसी) अगाडि बढाउन सकिन्छ ।
स्वतन्त्र रूपमा लेखा अवधि सेट गर्न सकिने (खेस्सान महिना) कोजिन व्यवसायको हकमा आर्थिक वर्ष कानुनद्वारा जनवरीदेखि डिसेम्बरसम्म हुने गरी निर्धारण गरेकोले आर्थिक वर्ष डिसेम्बरमा समाप्त हुन्छ । अर्कोतर्फ कम्पनीको हकमा स्वतन्त्र रूपमा खेस्सान महिना सेट गर्न सकिन्छ । यसलाई आफ्नो अनुकूल समायोजन गर्न सकिने र कम्पनीको व्यस्त सिजन र खेस्सान हुने महिनालाई ओभरल्याप नगरी काम गर्न सकिने ।
सीमित दायित्व
कोजिन व्यवसायको हकमा व्यवसाय मालिकले सबै व्यापार जिम्मेवारीहरू ग्रहण गर्नुपर्छ । जब व्यापार बिगरियो भने आपूर्तिकर्ताहरूलाई भुक्तान नगरिएको भुक्तानी, वित्तीय संस्थाहरूबाट उधारो, तिर्न बाँकी करहरू आदि व्यक्तिगत दायित्वका रूपमा पनि बहन गर्नुपर्छ । यसलाई ‘असीमित दायित्व’ भनिन्छ ।
अर्कोतर्फ, कम्पनीको हकमा ‘सीमित दायित्व’ को सीमित दायरा हुने र प्रतिनिधिले व्यक्तिगत सबै जिम्मेवारी बहन गर्नु नपर्ने । व्यक्तिगत ग्यारेन्टीको उधारो बाहेक लगानीको दायरा भित्रमा अधिकतम दायित्व हुने हुन्छ । अर्को शब्दमा भन्दा लगानी गरिएको रकमभन्दा बढी तिर्नुपर्ने कुनै दायित्व हुँदैन र व्यक्तिगत सम्पत्तिहरू सुरक्षित हुने हुन्छन् । यो ठूलो फाइदा हो किनकि यसले आपतकालीन अवस्थामा जोखिम कम गर्दछ ।
खाबुसिकीखाईस्याको बेफाइदा
नाफाको बाँडफाँड लगानी रकमको आधारमा निर्धारण
कम्पनीको नाफा आफ्नो लगानीकर्तालाई फिर्ता गर्दा गोउदोखाईस्याको वितरण मापदण्ड स्वतन्त्र रूपमा निर्धारण गरिने तर खाबुसिकीखाइस्याको लगानी मात्रा अनुसार नाफा बाढिने हुन्छ । लगानीको रकम थोरै भए पनि कम्पनीमा उच्च योगदान पुर्याउने लगानीकर्तालाई ठूलो नाफा बाँड्न चाहे पनि बाँड्न नसकिने ।
सेटअप गर्न धेरै लागत र प्रक्रियाहरू हुने
कम्पनी स्थापनाका लागि लागत र प्रक्रिया फरक हुने, गोउदोऊखाईस्याकोभन्दा प्रक्रिया लामो र महँगो पर्ने हुन्छ । खाबुसिकीखाईस्याको निगमनका लेखहरूलाई प्रमाणीकरण गर्न आवश्यक पर्ने नोटरी पब्लिक अफिसमा प्रक्रिया वा शुल्कहरूको आवश्यकता पर्ने ।
वित्तीय विवरणहरू प्रकाशित गर्ने दायित्व हुने र प्रकाशन शुल्क लाग्ने ।
वित्तीय परिणामहरूको सार्वजनिक घोषणा लगानीकर्ताहरू (सेयर होल्डरहरू) र ऋणदाताहरूलाई कम्पनीको कार्यसम्पादन र वित्तीय स्थिति स्पष्ट गर्न र लेनदेनको सुरक्षा कायम राख्नको लागि गरिनु पर्ने हुन्छ । गोउदोउखाइस्याको आफ्नो वित्तीय परिणामहरू घोषणा गर्न बाध्य छैन ।
तर खाबुसिकीखाइस्याले प्रत्येक वर्ष आफ्नो वित्तीय परिणामहरूको सार्वजनिक घोषणा गर्न बाध्य छन् । सामान्यतया, वित्तीय विवरणहरूको सार्वजनिक सूचनाहरू आधिकारिक राजपत्रहरूमा प्रकाशित हुन्छन् र लागत लगभग ७ मान येन लाग्ने हुन्छ । इलेक्ट्रोनिक सार्वजनिक सूचनाको सन्दर्भमा पनि लगभग १ मान येन शुल्क आवश्यक पर्दछ ।
“लेखक जापानमा कर कार्यालय र इमिग्रेशन भिसा सम्वन्धि जानकार हुनुहुन्छ ।”