फूटबल स्टार मेस्सी रोनाल्डोबीचको मित्रता यस्तो छ

विश्व फुटबलमा स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड ठूला र कट्टर प्रतिस्पर्धी मानिन्छन् । उनीहरूबीचको खेल केवल फुटबल मात्रै नभएर प्रतिष्ठाकै लडाइँ पनि बन्ने गर्छ । र, त्यो खेल हेर्न विश्वका करोडौं मानिस व्यग्र प्रतीक्षामा हुन्छन् ।त्यसमा पनि यी दुई क्लबका दुई सुपरस्टार बार्सिलोनाका लिओनल मेस्सी र रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रानोल्डोको प्रतिस्पर्धा सधैं केन्द्रमा हुने गर्छ । कतिपय समयमा यी दुई खेलाडीबीच आपसमा मित्रवत् सम्बन्ध राम्रो नरहेको भन्ने टिकाटिपपणी पनि हुने गर्छन्

कहिलेकाहीं त दुई खेलाडीले नै आफूहरूको मित्रतालाई लिएर बोल्ने पनि गरेका छन् । विभिन्न सयमा यी दुईले एकअर्का असल साथी नभएको र कल्यिै हुन नसक्नेसम्मको टिप्प्णी पनि गरेका छन् ।
तर, शनिबार जब बार्सिलोना सिजनको पहिलो इएल क्लासिको खेल्न रियलको घर सान्टियागो बेर्नाबेउ पुग्यो, त्यहाँ केही परक दृश्य देखिए । खेल सुरु हुनुघि र खेलक्रममा देखिएका दुई फरक दृश्य अहिले विश्वभरिका लागि समाचारका शीर्षक बनिरहेका छन् ।

रियल र बार्सिलोनाको खेलअघि दुई टिमका खेलाडी लाइनमा बसेका थिए । त्यहाँ उनीहरूले खेलअघि सद्भाव साट्दै आपसमा हात मिलाए, अकंमाल गरे । त्यसक्रममा यसअघि उति साह्रो सिधा नजरले पनि हेराहेर नगर्ने रोनाल्डो र मेस्सीले पनि यसपटक मज्जाले अंकमाल गरे ।

जब मेस्सी र रोनाल्डो आमनेसामने भए, रोनाल्डाले मेस्सीलाई गला हाले । मेस्सीले पनि रोनाल्डोलाई गला हाले । दुवैले एक अर्कालाई धाप मारे । यो दृश्य खिच्न मैदानमा उपस्थित फोटोग्राफरलाई भ्याइनभ्याइ देखिन्थ्यो । यो दृश्यचाहिँ अलि फरक र दर्शनीय देखियो । जहाँ खेलक्रममा मेस्सी लड्न पुगेका थिए । त्यसबेला रोनाल्डोले उनलाई हात दिएर निकै आत्मीयतापूर्वक उठाए ।

यी दुई दृश्यले एकअर्काका कट्टर प्रतिस्पर्धी मेस्सी रोनाल्डोबीच केही न केही मित्रता पनि छ वा उनीहरू आवश्यक ठाउँमा खेल अनुशासन पनि देखाउँछन् भन्ने देखाएको छ । रोनाल्डो र मेस्सीलाई मैदानमा ‘दुश्मन’जस्तै ठान्ने दुवै खेलाडी र क्लबका समर्थकले यी दृश्यपछि के सोचे होलान् ? वा, उनीहरूले यी दृश्य देखे कि देखेनन् होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?