माउसुलीले दिन्छ यस्तो संकेत, घरमा देखियो भने…..

कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन् । घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन :

नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ ।

दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।

शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावना
कपाल: मृत्युको बेला भएको संकेत दाहिने
कान: गरगहना प्राप्ति
देब्रे कान: आयु वृद्धि
नाक: भाग्योदय
मुख: मीठो भोजन
दाहिने गाला: उमेर बढ्ने
देब्रे गाला: पुरानो साथी भेट
गर्दन: यशप्राप्ति
दाह्री: डरलाग्दो घटना
जुँगा: सम्मान प्राप्ति
आँखीभौं: धनहानि
दाहिने आँखा: कुनै मित्रसँग भेट
देब्रे आँखा: छिट्टै धनहानि
घाँटी: शत्रुनाश
दाहिने काँध: विजय प्राप्ति
देब्रे काँध: नयाँ शत्रु बन्ने
दाहिने हात: धनलाभ देब्रे
हात: सम्पत्ति नाश
दाहिने हत्केला: कपडा पाइन्छ
देब्रे हत्केला: धन नाश
दाहिने छाती: धेरै खुशी
देब्रे छाती: घरमा क्लेश
कमरको बीचमा: आर्थिक लाभ
पिठ्युँको दाहिने भाग: सुख
पिठ्युँको देब्रे भाग: रोग
पिठ्युँको बीच भाग: घरमा कलह
नाभि: मनोकामना पूर्ण
दाहिने जाँघ: सुख
देब्रे जाँघ: शारीरिक पीडा
दाहिने घुँडो: यात्रा
देब्रे घुँडो: बुद्धिनाश
दाहिने गोडो: ऐश्वर्य प्राप्ति
देब्रे गोडो: बिरामी
दाहिने पाइतालो: श्रीप्राप्ति
देब्रे पाइतालो: व्यापार हानि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?