डीपीएलको दोस्रो संस्करण आउँदो चैत १७ गतेदेखि

काठमाडौँ — धनगढी क्रिकेट लिगको (डीपीएल) को दोस्रो संस्करण आउँदो चैत १७ गतेदेखि सुरु हुने आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले जनाएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेलाडी दर्ता तथा अक्सनबारे जानकारी दिएको हो । प्रतियोगितामा ६ टोलीको सहभागिता जनाउनेछन् ।

अक्सनका लागि खेलाडी दर्ता बिहीबारदेखि सुरु भएको छ र दर्ता प्रक्रिया माघ २५ गतेसम्म चल्नेछ । खेलाडीको अक्सन फागुन ५ गते हुने आयोजकले जानकारी दियो । यसबाहेक प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्नुपर्ने प्रावधान पनि रहेको छ । ट्यालेन्ट हन्टमार्फत स्थानीय एक खेलाडीलाई पनि समेट्नु पर्नेछ ।
प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले क्रमश: ३ लाख र दुई लाख पाउनेछन् । प्रत्यक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ र म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट करिब ३ करोड रुपैयाँ रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल धनगढीस्थित अञ्चल प्रहरी मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?