अब नेपालमा पनि रोबर्टले सर्भिस दिने रेष्टुरेण्ट

मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेण्टहरूमा तपाईं पुगिसक्नुभएकै होला। तर रोबर्टलाई अर्डर दिने र रोबर्टले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्टमा सायदै पुग्न पाउनुभएको होला। यदि पुग्नुभएको छैन भने अब नेपालमै यस्तो रेष्टुरेन्टको अनुभव गर्न पाउनुहुनेछ। नेपालमा पहिलो पटक रोबर्टले सर्भिस दिने रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको छ। २१औँ शताब्दीमा विज्ञानले उल्लेखनीय अविष्कारहरू गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउँदै गएको अवस्थामा नेपालको राजधानी काठमाडौ‌ंको मुटु मानिने न्यूरोडमा रोबर्टले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको हो। उक्त रेष्टुरेन्टको नाम केकेएफसी हो । विगत एक दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साह संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिनअन्तर्गत क्रिस्पी फ्राइड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हट डकलगायतका परिकारहरू पस्किने लक्ष्य राखिएको छ।

साहका तीन दाजुभाइहरूको संयुक्त प्रयासले रोबर्ट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो। अन्य मुलुकहरूमा रोबर्ट प्रविधि जडित रेष्टुरेन्ट संचालनमा आइसके पनि नेपालका लागि भने यो पहिलो र नौलो हो। ग्राहकहरूलाई छिटो र छरितो सर्भिस दिन सकियोस् र नयाँ अनुभव पनि हासिल होस् भन्ने उद्देश्यले रोबर्ट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका हौँ, साहले भने। रोबर्टले सर्भिस दिने यो रेष्टुरेन्ट सञ्चालन गर्नका लागि चार करोड रूपैयाँ लगानी लागेको साहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?