स्मार्टफोनको ब्याट्री लामो समयसम्म टिकाउन यसो गर्नुहोस्

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।

१) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने
ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा ल्यापटपमा रिफ्रेस क्लिक गरिरहेजस्तो ब्याकग्राउन्ड एपहरू बन्द गर्ने धेरैको बानी हुन्छ । ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ¥याम चलाइरहेको त हुन्छ, ब्याकग्राउन्ड एप बन्द गर्दैमा त्यो समाप्त हुने होइन । ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।

२) ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्ने
ओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक पिक्सेलले आफ्नो लाइट प्रयोग गर्छ र कालो पिक्सेल बल्दैन । तर, बजारमा बिक्री हुने ९० प्रतिशत स्मार्टफोनहरूमा एलसिडी स्क्रिन हुन्छ, जसमा पूरै स्क्रिनले ब्याकलाइट पाइरहेको हुन्छ । पूरै कालो रंगको डिस्प्ले प्रयोग गरे पनि उत्तिकै मात्रामा ब्याट्री प्रयोग भइरहेको हुन्छ ।

३. फोनलाई धेरै चार्ज हुने डरले रातको समयमा सकेटबाट हटाउने
यो पुरानो समयको कुरा थियो, जतिबेला ब्याट्रीको प्रविधि यति उन्नत भइसकेको थिएन । अहिले स्मार्टफोनको ब्याट्री निकै आधुनिक भइसकेको छ । ग्यालेक्सी नोट सेभेनको केही घटनाबाहेक स्मार्टफोनको ब्याट्रीमा खास समस्या छैन । लिथियमियन ब्याट्री चार्ज गर्दा तात्छन् । तर, यो सामान्य विज्ञान हो । मोबाइल फोन होस् वा ल्यापटप, जब ब्याट्री शत प्रतिशत चार्ज भएको छ र वाल सकेटमा जोडिएको छ भने ती साधनभित्र रहेको विद्युतीय सर्किटले ब्याट्रीलाई चार्ज हुनबाट रोक्छ ।

४) नयाँ फोनको ब्याट्रीलाई पूरै चार्ज गर्नुअघि चार्ज शून्यमा झार्ने
यसो गर्नु पनि जरुरी छैन । पहिलेका निकेल क्याड्रिमयम ब्याट्रीहरूलाई चार्ज गर्नुअघि पूरै खाली गर्नुपर्ने हुन्थ्यो । तर, अहिले स्मार्टफोनमा प्रयोग हुने लियन र लिपोलिमर ब्याट्रीमा यो समस्या छैन ।

५. स्मार्टफोनमा स्क्रिन प्रोटेक्टर राख्ने
स्क्रिन प्रोटक्ेटरहरूले फोनको स्क्रिनलाई भद्दा देखाउँछन् । त्यस्तै, फोन खसिहाल्यो भने स्क्रिन प्रोटेक्टरले शत प्रतिशत स्क्रिन जोगाउँछ भन्ने छैन । तपाईंको फोनमा पछिल्लो गोरिल्ला ग्लास स्क्रिन छ भने तपाईंले यसमा ती स्क्रिन प्रोटेक्टर राखेर ठूलै हानि गरिरहनुभएको छ ।

६) सधैँ फोन चार्ज गर्न फोनको ओरिजिनल चार्जर प्रयोग नगर्नुस्
प्राविधिक रूपमा यसो गर्नु राम्रो हो । तर, हरेकपल्ट फोन चार्ज गर्न ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । तपाईंले फोनको चार्जर हराउनुभयो भने, के गर्ने ? ओरिजिनल चार्जर किन्नु निकै महँगो हुन सक्छ । तर, राम्रो गुणस्तरको भरपर्दो फोन चार्जर अहिले इ–कमर्स साइटहरूमा पाइन्छ । ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्ने भएको भए पावर ब्यांकहरू सायदै उत्पादन हुन्थे ।

७) फ्री वाइफाईमा विश्वास गर्न छोड्नुस्
कुनै कुरा निःशुल्क छ भन्दैमा सुरक्षित छ भन्न मिल्दैन । डाटा र इन्टनेटको शुल्क निकै सस्तो भइसकेको अहिलेको अवस्थामा जुन पायो त्यो निःशुल्क वाइफाईमा फोन कनेक्ट नगर्नुस् । तपाईंको नेटवर्क ट्राफिकमा कसले ह्याक गर्न खोजिरहेको छ भन्ने तपाईंलाई थाहा नभएको पनि हुन सक्छ । थोरै पैसा जोगाउन खोज्दा ठूलो समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?