जापानमा पहिलो पटक बलिउड रक स्टार हिमेश रेशमियाको लाईभ कन्सर्ट हुदै (भिडियोसहित)

टोकियो । जापानमा हुने वहुप्रतिक्षित वलिउड म्यूजिकल लाईभ कन्सर्टको तयारी तीव्र पारिएको छ । टोकियोमा आयोजना गर्न लागिएको ‘हिमेश रेशमिया लाईभ इन टोकियो’को तयारी तीव्र पारिएको हो ।

कार्यक्रमबारे इण्डियन रक स्टार हिमेश रेशमियाले आधिकारीक जानकारी सहितको अफिसियल भिडियो सार्वजनिक गरेका छन् ।

यो सँगै तयारीलाई पनि तीव्र पारिएको हो । सनराईज प्रोडक्सन्स र सक्सेस एब्रड स्टडीको सहकार्यमा हुन लागेको ‘लाईभ कन्सर्ट’ नाकानो जिरो हलमा आउँदो जुलाई २२ तारिख आईतबारका दिन हुने निश्चित भएको छ । यसअघि उक्त कार्यक्रम प्राविधिक कारणले स्थगित हुन पुगेको थियो ।

अब भने बलिउडका चर्चित संगीतकार तथा गायक रेशमियासहित ८ जनाको व्याण्ड टोली जापान आउने पक्का भएको छ । कन्सर्टमा बलिउड डान्स ग्रुप सहेलियाले चर्चित हिन्दी गीतहरुमा विशेष प्रस्तुति दिने छ ।

सो कार्यक्रमको मुख्य सहयोगी डिप्वे जापान कम्पनी लिमिटेड रहेको छ । सो कन्सर्टको टिकट सनराईज प्रोडक्सन्सको अफिसियल वेव साइट www.sunrisecorpoltd.com बाट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पहिलो पटक नेपालीले जापानमा आयोजना गर्न लागेको ‘बलिउड कन्सर्ट’मा जापानवासी नेपालीका साथै भारतीय, पाकिस्तानी, बंगलादेशी श्रीलंकाली दर्शकहरुले उत्साह पूर्वक टिकट बुकिङ्ग गरिरहेको सनराईज प्रोडक्सन्सले जानकारी दिएको छ ।

गायक तथा संगीतकार रेशमियाका ‘आप्का सुरुर’, ‘आशिक बनाया आपने’, ‘जरा झुम झुम’, ‘हुक्खा बार’, ‘झलक दिखलाजा’, ‘झुम्मेकी रात’, ‘तेरी मेरी’, ‘तेरे नाम’ ‘प्रेम रतन धन पायो’ लगायत गीतहरु चर्चित छन् । गायक तथा संगीतकार रेशमियाले १०५ भन्दा बढी चलचित्रमा संगीत दिएका छन् भने आफैले गाएका १५० भन्दा बढी हिट गीतहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?