भव्य हुँदै सोनमको विवाह

सोनम कपुर र आनन्द आहूजा अहिले समाचारमा छाइरहेका छन् । यो जोडीको आगामी मे ७ र ८ मा मुम्बईमा विवाह हुँदैछ ।

यो जोडीले विवाहपछि दिल्लीमा रिसेप्सन पार्टी दिनेछ, जहाँ आनन्द आहुजाको घर छ । सोनम र आनन्दको जोडी केही समयदेखि डेटिङमा रमाइरहेको छ ।

विवाह नजिकिएसँगै दुवै परिवारले भव्य रूपमा त्यसको तयारी गरिरहेको समाचारमा उल्लेख छ । उनीहरूका सम्बन्धमा भारतीय मिडियामा दिनहुँ विभिन्न खालका खबर छापिइरहेका छन् ।

विवाहअघि भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने तयारीसमेत छ उनीहरूको, जसका लागी फराह खानले कोरियोग्राफी गर्नेछिन् जहाँ करण जौहर, अर्जुन कपुर, करिना कपुर आदि कलाकारले प्रस्तुति दिनेछन् । रिसेप्सन पार्टीमा बलिउडका चर्चित कलाकारबाहेक आफन्त तथा केही नजिकका साथीभाइ सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?