ला लिगामा रियल विजयी

स्पेनिस ला लिगामा लेगानेसविरुद्ध रियल मड्रिड २–१ ले विजयी भएको छ ।

स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डो विनै मैदान उत्रिएको रियल मड्रिडका लागि गारेथ बेलले ८ औँ र बोर्जा मोयारलले ४५ औँ मिनेटमा गोल गरे । लेगानेसका डार्को ब्रसानाकले ६६ औँ मिनेटमा सान्तवना गोल फर्काए ।

रेफ्रीमाथि दुव्र्यवहार गरेको भन्दै खेलको इन्जुरी समयमा लोगानेसका गाब्रियलले रातो कार्ड खाएका थिए । जितसँगै तेश्रो स्थानको रियल मड्रिडको ३४ खेलबाट ७१ अंक छ ।

समान खेल खेलेको दोश्रो स्थानको एट्लेटिको मड्रिडको ७२ अंक छ । अर्को खेलमा भिया रियलले सेल्टा भिगोलाई ४–१ तथा रियल सोसिडाडले एथ्लेटिको विल्बाओलाई ३–१ ले पराजित गरे भने इस्प्यान्योल र लस पाल्मासले १–१ को बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?