अबको ध्यान सुशासन, उन्नति र विकासमा : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताएका छन् ।

आइतबार प्रदेश ५ को प्रदेशसभा बैठकलाई बुटवलमा सम्बोधन गर्दै उनले त्यसका लागि मानवीय तथा प्राकृतिक स्रोत साधन र ज्ञान सीपको उपयोग गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको फाइदाका लागि हुने सिण्डिकेट, कार्टेलिङ, घुसखोरी र धम्काउदै बन्द हडताल गर्ने गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेकोभन्दै देशलाई सम्बृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे ।
उनले सरकार साशन गर्नका लागि नभइ जनताको सेवा गर्नका लागि गठन भएको भन्दै भ्रष्टाचार, अनियमितता र घुसखोरी बिरुद्ध नागरिकको रक्षक भएर उभिन समेत निर्देशन दिए।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएका कारण प्रदेश ५ मा निकै ठूला अवसर रहेको भन्दै उनले धार्मिक, सास्कृतिक र अन्य पर्यटन, कृषि, उद्योग, व्यापार लगायतका धेरै सम्भावना भएकाले यसको योजनाबद्ध विकासमा लाग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले अाइतबार पहिलो पटक प्रदेश सभामा सम्बोधन गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?