उत्तर कोरिया र दक्षिण कोरिया बीचको ६५ वर्षे द्वन्दको अन्त्य ! यस्तो छ सहमति

सोल । उत्तर कोरियाली नेता किम जोंङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले शान्ति सम्वन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै उनीहरुको ६५ वर्षे द्वन्दको अन्त्य हुने अनुमान गरिएको छ। दुई नेताले शुक्रबार कोरियाली प्रायद्विपमा युद्ध नगर्ने घोषणा गरे।

दुई नेताको भेटले उत्तर र दक्षिण कोरियामा शान्तिको संचार भएको छ। दुई नेताले हस्ताक्षर गरेको घोषणापत्रमा अब कोरियाली प्रायदिपमा कुनै प्रकारको युद्ध नहुने घोषणा गरिएको छ। उनीहरुले शान्तिको नयाँ युग सुरु भएको बताएका छन्। वार्ता पछि दुवै नेताले सम्वोधन गरेका छन्। वार्ता पछि भएको ऐतिहासिक हस्ताक्षरलाई ‘पान्मुन्जोम घोषणा’ को संज्ञा दिइएको छ। आणविक निशस्त्रीकरणका लागि दुवै पक्षले प्रायस गर्ने संयुक्त घोषणामा उल्लेख छ। दुई देश एक अर्का प्रति लड्नु पर्ने कारण नभएको समेत उनीहरुले बताए।

दुई देशमा रहेका परिवारबीच मिलन गराउने सम्झौतामा उल्लेख छ। यस्तै दुवै देशलाई आधुनीक रेल यातायात सुविधाले जोड्ने प्रतिवद्धता जनाइएको छ। यसै वर्ष हुने एसियन गेममा दुवै देश मिलेर खेल्ने जनाइएको छ।

दुबै देशले उत्तर कोरियको गैसंगमा एक साझा कार्यालय खोल्ने घोषणा गरेका छन्। सागै दक्षिण कोरियाली नेता मून जे इनलेले यसै वर्षको अन्तिमा उत्तर कोरियाको भ्रमण समेत गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?