माइती घर मण्डलामा प्रदर्शन गर्न रोक

आगामी जेठ मसान्तपछि माइती घर मण्डलामा प्रदर्शन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।

जिप्रकाले जारी गरेको सूचनामा आगामी आइतबारदेखि माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा प्रदर्शन गर्न नपाइने बताए पनि आवश्यक तयारी नपुगेकोले असार १ देखि सो निर्णय लागू हुने भनिएको छ ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनु पर्नेमा विवेकशील साझा पार्टीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?