गोरखा भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा जापानमा श्रद्वाञ्जली सभा (फोटो फिचर सहित)

टोकियो । ‘गोरखा भूकम्प’ मा परी निधन भएकाहरुको सम्झनामा बुधवार योकोहामामा श्रद्धाञ्जली सभा गरिएको छ ।

कानागावा नेपाली समुदायले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा क्यान्डल नाईटमा नेपाली राजदूतावासबाट उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, कनागावा इन्टरनेश्नल फाउन्डेसनकी अध्यक्ष मिजुता हिदेको, ओएनएफ जापानका कार्यवहाक अध्यक्ष बाबुराम भण्डारी, एनआरएनएका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी, एनआरएनए महिला संयोजक सविता श्रेष्ठ, जनसम्पर्क समितिका कार्यवाहक सभापति पिताम्वर चापागाई, वाग्लुङ समाज जापानका अध्यक्ष सिद्वार्थ श्रेष्ठ, आपचौर सेवा समितिका अध्यक्ष महेन्द्र अधिकारी, स्याङ्जा समाज जापानका अध्यक्ष सागर भण्डारी, जनसम्पर्क समिति जापानका पूर्व सभापति डिपी कंडेल, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष दिप पाठक, इजिलिंक रेमिट्यान्सका कार्यकारी निर्देशक डिपी अर्याल, व्यवसायी प्रेम प्रसाद कंडेल, व्यवसायी इश्वरी कंडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।

समुदायका संरक्षक जिज्ञान कुमार थापाले संचालन गरेको सो श्रद्वाञ्जली सभामा समुदायका अध्यक्ष हरि सापकोटाले भने ‘जापानमा सन् २०११ को मार्च ११ मा गएको भूकम्पको प्रत्यक्ष अनुभव गर्ने मध्ये म पनि एक हुँ, आज हामी दुवै देशका नागरिकहरु भेला भएर दुवै देशका भूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा क्यान्डल नाईट तथा श्रदान्जली  सभा गरिरहेका छौ । यसले पनि दुई देश बीचको सम्वन्ध सुमधुर रहेको प्रस्ट्याई रहेको छ ।’

सो सभामा फाउन्डेसनकी अध्यक्ष हिदेकोले सन २०११ मा जापानमा गएको भूकम्पका बेला गरेको सहयोग अविस्मरणीय रहेको बताईन्।

त्यस्तै गरी नेपालीहरु प्रति जापानी नागरिकले देखाएको इच्छा शक्ति र सहयोगले नेपालले आभार व्यक्त गरेको नेपाली दूतावासका उपनियोग प्रमुख अर्यालले बताए । सोहि कार्यक्रममा जापानी नागरिक इसिकावा वोनले बनाउनु भएको ‘संसारकै सबै भन्दा सुन्दर गाँउ’ नामक डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा नेपाली र जापानी गरि १२० भन्दा बढीको उपस्थिति रहेको थियो ।

समुदायले गत वर्ष पनि क्यान्डल नाईट गरेको थियो ।

गत ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?