यस्तो बन्यो संजय दत्तको बायोपिक ‘सन्जु’को टिजर

बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित वायोपिक फिल्म ‘सन्जु’को टिजर सार्वजनिक भएको छ। संजयलाई ‘मुन्नाभाइ १ र २’मा निर्देशन गरेका राजकुमार हिरानीले निर्देशन गरेका हुन्।

फिल्ममा संजयको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन्। सार्वजनिक भएको फिल्मको टिजरमा संजयको जीवनको विभिन्न कालखण्डमा संजय कस्ता थिए भनेर देखाइएको छ।

फिल्ममा रणविरका अलावा परेश रावल, दिया मिर्जा, मनिषा कोइराला, सोनम कपुर आदिको पनि अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?