गायक कमल खत्रीको ‘माया लै लै लै’ युट्युवमा सार्वजनिक

काठमाडौं । युवापुस्ताका ढुकढुकी गायक कमल खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक अयुफ लुइटेलसंगको स्वरमा कमलले ‘माया लै लै लै’ बोलको गीतको भिडियो सोमबार सार्वजनिक गरेका हुन । कमल खत्रीकै शब्द संगीत, रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोमा मोडल सुनिल क्षेत्री, सिम्पल खरेल तथा नेपाली ठिटोज समुहका सदस्यहरु फिचरिङ छन् ।

भिडियोलाई अनिक के. मानन्धरले निकै आकर्षक ढंगबाट खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोलाई सुनिल क्षेत्रीले नै निर्देशन गरेका हुन ।

गायक कमल खत्री युवापुस्ताका प्रिय गायक हुन । उनले सयवढि गीतमा स्वर भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?