साउदी सरकारबाट नागरिकता पाएकी रोबोट सोफिया नेपाल आउने

काठमाडौं । मानव आकृति भएको रोबोट सोफिया नेपाल आउने भएकी छिन् ।

साउदी अरब सरकारबाट नागरिक घोषणा भएसँगै नागरिकता पाएकी सोफीयाले काठमाडौंमा हुने एक कार्यक्रममा सहभागीता जनाउने छिन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी सहित अन्य साझेदारले आयोजना गरेको सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तब्य दिने छन् ।

उनी आजै साँझ काठमाडौं आउने बताईएको छ । हङकङको ह्यान्सन रोबोटिक्सले सोफियाको निर्माण गरेको हो ।

साउदी सरकारले सोफियालाई महिलाको नाममा नागरिकता दिएको छ । सोफियामा प्रयोग भएको क्यामरा र आवाज चिन्ने क्षमताका कारण मानिसको आवाज पहिचान गर्ने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?