लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य सर्वसम्मत

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य निर्विरोध भएका छन् ।

टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल र सोना के.सी सर्वसम्मत भएका छन् ।

यस्तै कोषाध्यक्षमा ऋषिराम पौडेल र सह-कोषाध्यक्षमा महेन्द्र न्यौपाने निर्वाचित भएका छन् ।

सदस्यमा यदुराम सापकोटा, चेतन घर्तिमगर, प्रभा न्यौपाने, खड्क पुन, रमेश पाण्डे (छवि), खेमराज पौडेल, होम पुन, निशा क्षेत्री, बिष्णु कंडेल, विशाल क्षेत्री, नारायण अधिकारी, दिपक शर्मा, प्रकाश कंडेल, रेखा थापामगर, दिपन खत्री, समुद्रराज पौडेल, अमित सापकोटा, प्रेमकुमार बस्नेत, नकुल प्रसाद गौतम चयन भए ।

सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक रामकृष्णबम मल्लले बताए ।

कार्यक्रममा जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, सांसद सुर्य पाठक, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं विदेश बिभाग प्रमुख रमेश बिजी, व्यवसाय ईश्वरीप्रसाद कंडेललगायत जापानका संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?