यस्तो हुन्छ थारुको मौलिक खाना घुूँगी, आजबाट ‘खिचरा महोत्सव’,

पुर्वी चितवनको खैरहनीमा आजबाट खिचरा महोत्सव हुँदै छ । थारु समुदायले नयाँवर्षको रुपमा मनाउने माघी (खिचरा ) पर्वको अवसरमा केहि वर्षयता प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आएको छ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका– ५ स्थित जनकौली गौचरनमा पाँचौ खिचरा महोत्सव आयोजना हँुदैछ ।
आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ को आयोजनामा महोत्सव हुन लागेको हो ।
थारु सँस्कृतिको संरक्षण र प्रर्वद्ध गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
यो पटक महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप काठको पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।

यस्तै यसवर्ष महोत्सवको अर्को आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ ।
महोत्सवमा करिव २ सय वटा व्यवासीयक स्टलहरु रहनेछन् । स्टल निर्माणदेखि मञ्च व्यवस्थापन, बाल उद्यान निर्माणको काम समेत पुरा भएको प्रचार प्रशार समिति संयोजक कारी महतोले जानकारी दिनुभयो ।

११ दिन सम्म चल्ने महोत्सवको उद्घाटन भूमी सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक संजय चौधरीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतीक प्रस्तुती रहने छ ।

सांस्कृतिक संयोजक जयस चौधरीका अनुसार अहिले सम्म गायक प्रमोद खरेल, शिव परियार, गायिका मिलन अमात्यक, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, संजय चौधरी, अमित सिंह चौधरी लगायत दर्जनौं राष्ट्रिय तथा स्थानीय कलाकारहरु आउने तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?