जापानमा ‘मिस्टर झोले’ २१ जनवरीमा प्रदर्शन हुने

नेपाली चलचित्र “मिस्टर झोले जापानमा प्रदर्शन हुने भएको छ । ‘मिस्टर झोले’ लाई २१ जनवरी २०१८ आईतबार टोकियो ड्रिम्स इन्टरटेन्मेन्टले प्रदर्शन गर्न लागेको हो । चलचित्र बेलुकी ६:३० बाट नाकानो जिरो हलमा प्रदर्शन हुनेछ ।

पुस २८ गते देखि नेपालमा प्रदर्शन हुने उक्त चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका रहेको छ ।रामबाबु गुरूङ निर्देशित चलचित्रका कार्यकारी निर्माता रौनकविक्रम कँडेल हुन भने चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

विशुद्ध पारिवारिक चलचित्र भएकाले सपरिवार हेर्नक लागि सम्पूर्ण जापानवासी नेपालीहरुमा आयोजक टोकियो ड्रिम्स इन्टरटेनमेन्टले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?