जापान । अंग्रेजी नयाँ वर्षको अवसर पारी टोकियोमा नेपाली चलचित्र झ्यानाकुटी प्रदर्शन हुने भएको छ ।
बाके वर्दिया मैत्री समाको सहयोगमा सो चलचित्र टोकियोमा प्रदर्शन गर्न लागिएको हो ।
यहि जनवरी ७ तारिखका दिन मेगुरो कुमिन सेन्टरमा प्रदर्शन गर्न लागिएको छ ।
सो चलचित्रको टिकट दर २५०० येन र भिआईपी १ मान रहेको छ ।
सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रमा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ ।