जापानमा संगीतकार रामकृष्ण बम मल्लको सहयात्रा विमोचन

टोकियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टर र राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान जापान शाखाको आयोजनामा यहि आइतबारका दिन रामकृष्ण बम मल्लद्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन गरिएको छ ।

आर.एस डिजिटलको प्रस्तुति रहेको एल्बमको विमोचन जापानमा रहेका चर्चित सितारबादक सुस्मा ओमाता, नमस्ते व्याण्डका इश्वर गुरुङ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, जनसम्पर्क समिति जापानका सभापति डिपी कंडेल, गायक युवराज आचार्य , साहित्य समाज केन्द्रीय उपाध्यक्ष प्रकाश माइला र संगीतकार स्वयं रामकृष्ण बम मल्लले सयुंक्त रुपमा विमोचन गरेका थिए ।

मल्लको संगीतबद्व एल्बममा प्रवासमा रहेका सर्जकहरु नारायण कँडेल, लक्ष्मण कार्की, दिप पाठक, रविन शर्मा लगायतको शब्द रचना गरेका छन् भने मल्लको एकल संगीत रहेको छ । एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, मेनुका पौडेल, र उत्तम खड्काले स्वर दिएका छन् ।

कार्यक्रममा जापानमा उपलब्ध विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतिक संगठनका प्रतिनिधि लगायत संगीत र साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो | कार्यक्रम संचालक अनेसास जापानका हालै निर्वाचित अध्यक्ष दिप पाठकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?