अर्घाखाँची समाज जापानको दोश्रो अधिवेशन नोभेम्वर १६ मा हँदै

 

टोकियो। अर्घाखाँची समाज जापानको दोश्रो अधिवेशन नोभेम्बर १६ मा हुने भएको छ ।

अर्घाखाँचीबाट जापान आई जापानलाई आफ्नो कर्म थलो बनाईरहेका अर्घाखाँचेलीहरूलाई एउटै संस्था भित्र संगठित गर्ने उद्देश्य सहित गठित समाजले आफ्नो पहिलो कार्यकाल सम्पन्न गरेको छ ।

नोभेम्बर १६ मा टोकियो स्थित डबका नेपाली रेष्टुरेन्टमा राती१० बजे बाट हुने सम्मेलनमा सम्पूर्ण अर्घाखाँचीबासीलाई उपस्थितको निम्ति आग्रह गरेको छ ।

सम्मेलनलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नको निम्ति विभिन्न उप-समितिहरू गठन गरिएको र सदस्यता नविकरणलाई तिब्र पारिएको पनि संस्थाका अध्यक्ष ज्योतिस घर्ती मगरले जानकारी दिए । अधिबेसनले संस्थाको २ बर्षको समिक्षा गर्नुका साथै आगामी २ बर्षको लागी नयाँ कार्यसमितिको चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?