अब जापानले विदेशीलाई नर्सिङ् र केयर गिभर भिसा दिने

टोकियो । जापानमा विदेशीहरुलाई दिदै आएको ट्रेनिंङ्ग भिसासंगै अब नर्सिङ् र केयर गिभरमा समेत भिसा दिने तयारी गरेको छ ।

विदेशी कामदारहरुलाई जापान सरकारले हस्पिटल र बृद्वा आश्रमका लागि भिसा दिने प्रक्रिया अगाडि बढाएको हो ।

विकशित देशबाट जापानमा काम गर्दै सिप हासिल गर्ने ट्रेनिंङ्ग भिसालाई नोभेम्वर १ बाट बुढाबुढीहरुको लागि विदेशी कामदार राख्न पाउने गरि प्रक्रिया सरु गरिएको जापानी संचार माध्यमले जनाएको छ ।

अहिलेसम्म जापानमा कृषि, निर्माण, उत्पादनका क्षेत्रमा २ लाख ३० हजार भन्दा बढी विदेशीले काम गरिरहेका छन् ।

नयाँ नियम अनुसार बुढाबुढीहरुको सेवा गर्न स्थापना गरिएको बृद्वा आश्रममा काम गर्नका लागि कम्तीमा सेवा सुरु गरेको ३ वर्ष पुगेको हुनुपर्ने र ५ जना कामदारको लागि १ जना जापानी नागरिक लिडर हुनु पर्ने नियमन गरिएको छ ।

यस्ता कामदारहरुले बुढाबुढीहरुको नुहाई दिने, सरसफाई र खाना पिना आदिको काम मुख्य हुनेछ भने कामदारहरुको जापानी भाषाको लेवल साधारण बोलचाल गर्न सक्ने हुनु पर्ने छ ।

जापान आए पश्चात पनि जापानी भाषा पढ्नु पर्ने छ । त्यस्ता कामदारहरु बढीमा ५ बर्षको भिसा पाउने छ भने कामदारको अभाव कम गर्न यस सिस्टमबाट केहि हदसम्म राहत हुने आशा गरिएको छ ।

भिसा प्रक्रियामा समय लाग्ने हुदा नयाँ वर्षको सरुवातसंगै प्रक्रिया अगाडि बढाउने बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?