शिन ओकुवोबाट जाने लिंक ट्राभलको सेवा सुरु (फोटो फिचरसहित)

टोकियो । जापानमा नेपाली व्यावसायीहरुको लगानी विस्तारै बढीरहेको छ । जापानको शिन ओकुवोमा जाने लिंक ट्राभलले आफ्नो व्यवसायिक सेवा सुरुवात गरेको छ ।

एक कार्यक्रमबीच उक्त ट्राभलको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुदन थापा, जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधि अनुज थापा, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरे ।

जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न युवाहरुको सामूहिक प्रयासपछि उक्त ट्रभल खुलेको हो । उक्त कम्पनीले जापानीहरुलाई नेपालका विभिन्न स्थानमा भ्रमणका लागि आवश्यक प्रवन्ध मिलाई दिने छ ।

जापानका युवा बर्गका नागरिकहरुलाई नेपाल भ्रमणमा प्रेरित गर्दै नेपालको पर्यटन उद्योगलाई बलियो बनाउने कम्पनीको लक्ष्य रहेको छ । विभिन्न आकर्षक प्याकेज बनाएर जापानीहरुलाई नेपाल भ्रमण गराउने उद्देश्य राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिकेश महर्जनले बताए ।

उनले नेपाली खानाका विभिन्न परिकारहरु जापानीहरुले निकै स्वाद मानेर खाने गरेको र नेपालका बारेमा चासो राख्ने गरेकाले आफूहरुले उनीहरुलाई नेपाल लैजान आकर्षक प्याकेज बनाउने बताए । कम्पनीले जापानीलाई नेपाल लैजाने मात्र नभएर नेपालबाट जापानको भ्रमणमा आउन चाहनेहरुका लागि पनि विभिन्न प्याकेज बनाएर काम गर्ने बताएको छ ।

ट्राभलका संचालकहरू रिकेश महर्जन, हवलचन्द्र लामा, नविन निउरे, उदय तामाङ र हिगे योसियो रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?